मुम्बई :- नब्बे को दशकमा अभिनेता “नाना पाटेकर र अभिनेत्री मनिषा कोइराला” को प्रेम कथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो ।

अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन ।मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो ।

सन् १९९६ मा रिलिज यो फिल्ममा मनिषाको उमेर २७ र नानाको उमेर ४५ को थियो । दुवैको उमेरको अन्तरसँगै नाना विवाहित पनि थिए । उनको एक सन्तान थियो ।

मनिषा र नानाको सम्बन्ध टुट्नुमा नाना नै कारण थिए, किनकी उनी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहँदैन थिए ।मनिषासँग सम्बन्ध टुटेको वर्षौंसम्म पनि नानाले आफ्नो प्रेमलाई बिर्सन सकेनन् ।

उनले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा मनिषालाई अझै पनि सम्झने गरेको खुलाएका थिए । उनले मनिषालाई कस्तुरी हिरनसँग तुलना गरेका थिए ।

जब म उसलाई देख्छु तब म आफ्नो आँशु मुस्किलले रोक्छु । ब्रेकअपपछिको समय निकै मुस्किलपूर्ण हुन्छ’, नानाले भनेका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार