भारत :-  भारतका ग्याङ्स्टर लरेन्स बिश्नोईले पञ्जाबको जे’ लबाटै एउटा विशेष अन्तर्वार्ता दिएका छन् । उक्त अन्तर्वार्तामा उनले बोलेका कुरा अहिले चर्चामा आएको छ ।

अन्तर्वार्ताको क्रममा लरेन्सले अभिनेता सलमान खानको बारेमा गरेको कुरा अहिले चर्चाको विषय बनेको हो । उनले सलमान खानले माफी माग्नु पर्ने बताएका छन् ।

लरेन्सले सलमान खानलाई ब्ल्याक बकको विषयमा बिश्नोई समुदायसंग माफि माग्नु पर्ने बताएका हुन् । लरेन्सले यदि सलमानले माफि मागेनन् भने उनले त्यसको परिणाम भोग्नु पर्ने चेतावनी दिएका हुन् ।

जेलमा लिइएको नयाँ अन्तर्वार्तामा ग्याङस्टर बिश्नोईले सलमान खानविरुद्ध एउटा अर्को धम्कि पनि दिएका छन् । सञ्चार माध्यमसंग कुरा गर्दौ बिश्नोईले आफ्नो समुदाय सलमानले गरेको अपमानबाट उनीसंग आक्रोशित भएको बताएका थिए ।

सलमानविरुद्ध एउटा मुद्दा दर्ता गरिएता पनि सलमानले माफी नमागेकाले उनले यसको परिणाम राम्रो नहुने चेतावनी दिएका हुन् ।बिश्नोईले जबमेश्वरजी मन्दिर जानुभन्दा पहिला बिश्नोई समुदायसंग माफी माग्नका लागि सलमान खानलाई बोलाएका पनि थिए ।

यदि समुदायले सलमानलाई माफ गर्यो भने आफूहरु पछाडि हट्ने समेत बिश्नोईले वचन दिएका छन् ।लरेन्स भन्छन् – ‘सलमानले हाम्रो देवताको मन्दिरमा आएर माफी माग्नु पर्छ । यदि हाम्रो समाज माफ गर्यो भन म सलमानलाई केहि गर्दिन ।’

लरेन्स तीनै अपराधी हुन्, जसले पञ्जाबी गायक र कांग्रेस नेता सिद्धू मूसेवालाको हत्याको जिम्मेवारी लिएका थिए । तर उनले सलमान र उनका पिता सलीम खानलाई हालै पठाएको चिठ्ठीमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार