अष्ट्रेलिया :- अष्ट्रेलिया अध्ययनका लागि आउने अधिकांश विदेशी विद्यार्थी हरु पढाइ सकेपछि अष्ट्रेलियामै सेटल हुन चाहन्छन् । किनभने यहाँको उत्कृष्ट जीवनशैली र रोजगारको अवसरले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ ।

अष्ट्रेलियामा विद्यार्थी भिसामा आउने जोसुकैले निश्चित समय मात्र काम गर्ने अवसर पाउँछन् । त्यसैले पढाइ सकेपछि धेरै विद्यार्थीलाई यहाँको पीआर लिनु हतारो हुन्छ ।

किनभने पीआर पाइसकेपछि परिवार सहित अष्ट्रेलियामा बस्न र काम गर्न पाइन्छ । तर पीआर पाउन सबै विद्यार्थीलाई त्यति सहज भने छैन । किनभने उनीहरुले अध्ययन गरिरहेको विषय र प्राप्त गरेको डिग्रीको ठूलो भूमिका रहन्छ ।

कुनै कुनै विषय र पेशा पीआर भिसाका लागि अयोग्य मानिन्छन् । यसै त अष्ट्रेलियाको शिक्षा निकै महँगो मानिन्छ,त्यसमाथि पीआरका लागि समेत अयोग्य भए त्यो झनै महँगो सावित हुन्छ ।

त्यसैले अष्ट्रेलियाको पीआर लिन चाहने विदेशी विद्यार्थीहरुले अध्ययनपछि पीआर पाउन आवश्यक योग्यता र अष्ट्रेलियामा उच्च माग भएका पेशामा संलग्न हुन आवश्यक छ ।

अष्ट्रेलियाको सरकारले उच्च माग भएका विषय पेशाहरको सूची हरेक वर्ष सार्वजनिक गर्दछ । ती उच्च माग भएका पेशासाग सम्बन्धित विषयमा अष्ट्रेलियामा अध्ययन सकाएका विदेशी विद्यार्थीहरुले पीआर भिसा पाउने सम्भावना बढी रहन्छ ।

तर अष्ट्रेलिया सरकारको उच्च माग हुने विषयहरु के के हुन् भन्ने कुरा केही विद्यार्थीहरुलाई थाहा नहुन पनि सक्छ । त्यसैले यहाँ केही त्यस्ता विषयका बारेमा चर्चा गर्दैछौं जुन विषयको अष्ट्रेलियामा सधैं उच्च माग हुँदै आएको छ । यी क्षेत्रमा काम,नाम र दाम सबै आकर्षक रुपमा उपलब्ध छन् ।

अष्ट्रेलियाको पीआर तुरन्तै पाइने ५ विषयहरु यी हुन् :

१ इञ्जिनियरिङ
२ एकाउन्टेन्सी

३ नर्सिङ
४ मेडिकल डाक्टर
५ डेन्टल डाक्टर

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार