वैशाख ३, अष्ट्रेलिया । सिड्नीको पश्चिमी उपनगरमा शनिबार भएको डरलाग्दो सवारी दु’ र्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना अस्पतालमा भर्ना भएका छन्।

हुण्डाई आइ-२० र होल्डन युट ठोक्किएपछि शनिबार बेलुका ५ बजेपछि मेरिल्याण्ड्सको हक्सभ्यू स्ट्रिटमा आपतकालिन टोलीलाई बोलाइएको थियो।

होल्डनमा यात्रा गरिरहेका ३५ वर्षीय पुरूषको मृत्यु भएको बताइएको छ। घ टनास्थलमा पुगेको प्यारामेडिकहरूको प्रयासको बाबजुद उनको सोही ठाउँमा मृत्यु भएको हो।

सामान्य चोटपटक लागेका २३ वर्षीय चालक लाई भने अनिवार्य परीक्षणका लागि अस्पताल लगिएको छ। हुण्डाईका ३७ वर्षीय चालक चमत्कारी ढंगले जोगिएका छन् र उनको पनि वेस्टमीड अस्पतालमा परीक्षण गरिएको छ।

यो पनि पढ्नुहोस ! अष्ट्रेलियामा एक ब्याक्तिले जिते चिठ्ठामा ३ करोड डलर

वैशाख ३, अष्ट्रेलिया । सिड्नीका एक व्यक्तिले बिहीबार रातिको पावरबल ज्याकपोटमा ३० मिलियन डलर जितेका छन्। यो खबर सुनेपछि उनी स्वयं अवाक् भएका छन्।

शहरको दक्षिणपश्चिममा क्याम्डेनका ती व्यक्तिले उनले हरेक १० मिनेटमा टिकट जाँच गरेपछि पूरै डिभिजन वन ज्याकपोटमा स्कोर गरेको थाहा पाएको बताएका छन्।

हामीले यो खबर हिजो राती ९ बजे थाहा पायौं। त्यसपछि हामी खुसीले पागल जस्तै भयौं ।’ उनले लटरी अधिकारीहरूलाई भने।अष्ट्रेलियामा यो वर्ष ठूलो राशीको लट्टो पुरस्कार जितेर करोडपति हुने उनी दोश्रो व्यक्ति भएका छन्।

उत्साहित विजेताले भने कि उनी आफ्ना प्रियजनहरूसँग आफ्नो जीतको खबर बाड्न उत्सुक भएको बताए।

आफ्नो परिवारलाई भविष्यको लागि सेटअप गर्नुका साथै विजेतासँग आफ्नो बाल्यकालको सपनालाई साकार बनाउने योजना बनाएका छन्। उनी उक्त रकमबाट ल्याम्बोर्गिनी कार किन्ने सोचमा छन्।

उनले उक्त कार आफ्नो सपनाको कार भएको बताएका छन्।बिहीबारको पावरबल ड्र १४०४ को विजेता नम्बरहरू २७, ३३, १९, २९, ५, १२ र १५ थिए।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार