काठमाडौ :-  नेपाली मनोरञ्जन र फेसनको बजारमा विगत केही महिना देखि पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा संभव सिरोहियाको प्रेममा रहेको चर्चा चलिरहेको थियो ।

भ्लगर सिसन बानियाँसँग ब्रेकअपपछि श्रृङ्खला र संभवको प्रेम चर्चा सुरु भएको हो ।यसैबिच, सार्वजनिक भएको एक तस्वीरले यी दुइको प्रेम चर्चामा बल मिलेको छ ।

संभव सिरोहियाको एक तस्वीरको पृष्ठभूमिमा श्रृङ्खला छिन् । उनीहरुको यो तस्वीर थाहा भएर नै सार्वजनिक भयो या अन्जानमा यो उनीहरुले नै जान्ने कुरा भयो ।

तर, श्रृङ्खलाले नै यो तस्वीर खिचेको प्रष्ट हुन्छ ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशा सिरोहियाका छोरा संभव पनि अमेरिकामा छन् । श्रृङ्खला पनि अमेरिकाको हार्डवड यूनिभर्सिटीमा अध्ययनरत छिन् ।

अमेरिकामा नै यी दुइबिच मायाको कोपिला पलाएको वुझिएको छ । यो बिषयमा श्रृङ्खलाले पक्कै पनि जवाफ देलिन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार