अष्ट्रेलिया :- अष्ट्रेलियाकी स्टार क्रिकेटर जेस जोनासेनले प्रेमीकासँग सुटुक्क विवाह गरेकी छन्। उनले मिल्ने साथी सारा गुडरहम सँग हवाईको एक शानदार वाटरसाइड उनले विवाह गरेकी हुन्।

कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि सरिरहेको बिहे अप्रिल ६ तारिखमा म्याजिक आइल्याण्ड, वाइकिकी, ओआहुमा भएको छ।

उनीहरूले सामाजिक सञ्जालमार्फत वैवाहिक बन्धनमा बाँधिएको खबर सार्वजनिक गरेका छन्।तेस्रो पटक भाग्यशाली- अन्ततः मेरो सबैभन्दा मिल्ने साथीसँग विवाह गरेको छु।

अप्रिल ६ मेरो हृदयमा सधैं विशेष स्थान हुनेछ।’ जोनासेनले लेखेकी छन्।उनले यो खबर सार्वजनिक गरेसँगै क्रिकेटका हस्तिहरूले बधाइ दिइरहेका छन्। उनीहरूले २०१८ मा नै इंगेजमेन्ट गरेको बताइएको छ।

यो जोडीले सुरुमा मे २०२० मा विवाह गर्ने योजना बनाएको थियो तर महामारीको कारणले दुई पटक विवाह सार्न बाध्य भए।बायाँ हाते स्पिनर जोनासेन अष्ट्रेलियाको अन्तर्राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी हुन्।

अष्ट्रेलियाले २०२० टि२० विश्वकप र २०२२ को एकदिवसीय विश्वकप जित्दा उनी टोलीको एक प्रमुख खेलाडी थिइन्।ब्रिस्बेन हीटका कप्तान मध्य क्वीन्सल्याण्डको रकह्याम्प्टनका हुन्।

उनले बर्मिंघम कमनवेल्थ खेलहरूमा स्वर्ण पदक समेत जितेकी छन्। जोनासेनले यस वर्षको जुन र जुलाईमा अष्ट्रेलियासँग महिला एसेज खेल्न इंग्ल्याण्डको भ्रमण गर्नेछिन्।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार