एक्काइस  वर्षका कृष्ण अनि बिस वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दु,र्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दु,र्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।

त्यो कालो दिन २०७५ जेठ २५, रुपा काठमाडौँमा बसेर नर्सिङको तयारी गरिरहेकी थिइन् । कृष्ण पेसाले सिभिल इन्जिनियर । उनी एक कम्पनीमा काम गर्थे । कामको सिलसिलामा उनी दाङ पुगे । उनले पढेको इलेक्ट्रोनिक्ससम्बन्धी नै थियो ।

उनी मिटर बन्द गरेर काम गरिरहेका थिए, थाहा नपाएर उनका सहकर्मीले मिटर अन गरिदिए । त्यो मेरा लागि कालो दिन हो ।, कृष्ण भन्छन्, जब हात खुट्टा जले त्यो सँगै हामीले बुनेका सपना पनि जले । उनले पुलुक्क रुपातिर हेरे ।

‘के गर्नु त जे हुनु थियो त्यो भएर नै छाड्छ’ रुपाले भनिन्, बितेको कुरालाई किन सम्झिन्छौ र ? उनले श्रीमान्को अनुहार हेर्न सकिनन् झ्यालबाट बाहिर हेरिन् । दु,र्घटनामा उनको बायाँ हात पूरै जल्यो ।

बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । उनी केही बेर बेहोस भएछन् । ब्युझिँदा वरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बुलेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स मगाए । दाङमा नजिक उनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ ।

दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो । समयमै पुगेको भए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए । काठमाडौँमा बसेर नर्सिङको वृजकोर्ष गरिरहेकी रुपाले कृष्णलाई लखनउ अस्पतालमा पुयाएको सुनेपछि बोल्नै सकिनछिन् । म त पूरै ब्ल्याङ्क थिए रुपाले भनिन्, के गर्ने के नगर्ने भन्ने पत्तो नै पाइनँ । परिवारमा ऋण धन गरेर अस्पताल पुगेँ । जब उसलाई देखेँ झन् बढी माया लागेर आयो । धैर्य गुमाउनु हुन्न भन्ने भयो ।

१८ दिन लखनउको अस्पतालमा बसेर फर्किएपछि पैसाको अभाव सुरु भयो । उपचार जारी नै थियो । कमाउने व्यक्ति ओच्छ्यान परिसकेका थिए । उनीहरुको अवस्थाबारे शिशिर भण्डारीले भिडियो बनाएर युट्युबमा अपलोड गरिदिए । मनकारी नेपालीले उनलाई उपचार खर्चको जोहो गरिदिए । कृष्ण आफ्नो गुमेको शरीरको अंग कृत्रिम रुपमा भने पनि फर्काउन चाहन्छन् ।

अहिलेसम्म डेढ करोड जति उठिसकेको छ रे । कति लाग्छ एकिन छैन रे ।कालो विगत कोट्याएकाले होला कोठाको माहोल केही शान्त भयो । दुवैको अनुहार मलिन । ‘तपाईंहरु दुईबीचको प्रेम सम्बन्धलाई दुनियाँले प्रशंसा गरेका छन् । अब तपार्इंहरुको प्रेमबारे कुरा गरौँ है ?’फोटोपत्रकार कृष्पा श्रेष्ठले माहोल बदल्ने प्रयास गरिन् ।

‘कृष्ण पे्रमको कुरा गर्ने हो र ?’ कृष्ण रुपालाई हेर्दै मुस्कुराए । माहोल हल्का बदलियो ।कृष्ण रुकुममा जन्मिए रुपा काभ्रेमा । जन्मस्थान फरक भए पनि व्यवहार भने दुवैको उस्तै प¥यो । दुवैका बुबाले आमालाई छाडे । आमाले उनीहरुलाई । दुवैले मामाघर बसेर पढ्नु पर्यो । रुपाले मकवानपुरमा रहेको मामाघरमा केही समय बसेर पढिन्, कृष्ण काठमाडौंमा रहेको मामाघरकै हजुरआमासँग बसे ।

दुवैको भेट जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरमा भयो । दुवैको कक्षा एउटै भए पनि सेक्सन भने फरक थियो । बिस्तारै दुवै नजिकिँदै थिए । उनीहरु भेट भएको बेला आफ्ना घरपरिवारका कुरा गर्थे । ‘सुरुमा त म अचम्मैमा परेको घरको कथा उही,’ रुपाले भनिन्, ‘आमाबाको अवस्था पनि उही सायद त्यसैले हामीलाई नजिक बनायो ।’

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार