काठमाडौ :-  कतै तपाईँको ग्यास सिलिण्डरको म्याद एक्सपाएर भएको त छैन? सिलिण्डरको अन्तिम मिति सिद्धिएपछि त्यसलाई कदापी प्रयोग गर्नुहुँदैन।

सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। त्यही डण्डीमा यसको एक्सपायरी मिति पेन्ट गरिएको हुन्छ। डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ।

अक्षरले एक्सपाइर हुने महिनालाई र अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।

A लेखिएको छ भने जनवरी देखि मार्च ।
B लेखिएको छ भने अप्रिल देखि जून।

C लेखिएको छ भने जुलाई देखि सेप्टेम्बर।
D लेखिएको छ भने अक्टोबर देखि डिसेम्बर।

नमूनामा तल C.13 लेखिएको छ अर्थात् सन् २०१३ को जुलाई देखि सेप्टेम्बरसम्मको एक्सपायरी मिति छ भनेको हो।
त्यसैले, ग्याँस किन्दा अन्तिम मिति हेरेर मात्रै सिलिण्डर लिनुहोला। आफै सचेत हुनुहोला। – जानकारीको लागि सबैले १-१ सेयर गर्नुहोला !

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार