गुल्मी :- भारतको हरियाणा राज्यको पंचकुलामा मोटर साइकल दु र्घ ट नामा परी गम्भीर घाइते भएका २० वर्षीय युवक “काका बहादुर” उर्फ “धर्म बहादुर कुमाल” को चंडिगढको पिजी आईमा उपचारको दौरानमा नि’ धन भएको छ ।

जोमेटोमा कार्यरत काका बहादुरलाई गत २९ जनवरी २०२३ को राति मोटरसाइकलमा खाना डेलीवरी दिन जाँदै गर्दा सेक्टर ६/७ को डिवाइडिङ रोडमा पछाडिबाट तीब्र गतिमा आएको कारले ठक्कर दिएको थियो ।

एचआर ०५एक्यू२३२६ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई तत्काल पंचकुलाको सरकारी अस्पतालमा पुर्याइएको थियो।सरकारी अस्पतालमा काका बहादुरको गम्भीर हालत देखेपछि उनलाई पिजीआई चन्डिगढ रिफर गरिएको परिवारले बताएका छन् ।

उनलाई पिजीआई चंडिगढ को भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । फरवरी ५ का दिन काका बहादुरको निधन भएपछि परिवार शोकमा डुबेको छ ।

मृतक गुल्मी जिल्ला ईस्मा गाउपालिका वार्ड नम्बर २ हुलाके सिल्तुङ निवासी भीम बहादुर कुमालका छोरा हुन् । काका बहादुर मकान नम्बर २११७ मनिमाजरा पिपलीवाला टाउन चंडिगढमा आमाबुबासँगै बस्दै आएका थिए। खिमराज चालिसे, चंडिगढ,युगदर्शनबाट

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार