काठमाडौ :-  मोरङमा कलाकार “पवन खतिवडा” लाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेलबारी नगरपालिका-१ स्थित एक होटल बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीका बहादुर कार्कीले जानकारी दिए।

मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ।

उनीसँगै रमेश भण्डारी लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।पीडित पक्ष इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन।

छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।’पीडित पक्षका आफन्तहरू

प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए।उनको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित टेलिसिरियलमा ‘म्याकुरी’ थेगोले उनी चर्चित छन‍्। – स्रोत : सेतो पाटि

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार