अष्ट्रेलिया :- हो सबै अविभाबकहरुलाई आफ्ना सन्तान उत्तिकै प्यारा हुन्छन्। कसैलाई पनि आफ्नो काखको दुधे बच्चालाई निस्फिक्री छोडेर बस्न मन हुँदैन।यो परदेशको जिन्दगी कति गार्हो हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ।
कती कठोर बनेर कोखको दुधे बालकलाई छोड्छीन एक चोटी गएर ती आमालाई सोध्नुहोस जसले आफ्नो दुधको लाम्टा चुसाउँदा चुसाउँदै मनलाई गाँठो पारेर छोडेर आएकी हुन्छीन्।
म तपाईलाई प्रश्न गर्छु के तपाई आफ्नो सन्तानलाई अरु कसैको काखमा छोडेर ढुक्कसँग बस्न सक्नु हुन्छ। कुरो आउँछ फेरी रास्ट्रियताको अनि बर्तमान देशको परिस्थीतीको, के अहिलेको समयमा जबकि आधारभूत बस्तुहरु चाहेको बेलामा पाउन गार्हो छ हाम्रो देशमा, यस्तो बेलामा तपाई आफ्नो बच्चालाई छोड्न सक्नु हुन्छ?
हो अहिले खुब चलेको अनि ब्यङ्ग्य गरेर भनिने तेल भिषा रे। बाआमालाई बोलाईने भिषाको बुद्दीजीबि भनौदाहरुले गरेको नामाकरण । भनिन्छ नि सावाँको भन्दा ब्याजको हुन्छ रे।
जसको पनि हजुरबा र हजुरआभालाई छोराछोरीको भन्दा नाती नातीनाको मायाँनै बढि हुन्छ र उनीहरुले कहिल्यै पनि नाती नातीना खेलाउन झिनो मान्दैनन् पनि यदा कदा केहि अपबादहरुदेखी बाहेक।बरु जति खेर पनि खेलाउन पाए हुन्थ्यो, सँगै राख्न पाए हन्थ्यो भन्ने सोच्छन्
जून हाम्रो सँस्कार भित्र पर्छ तर पश्चिमा देशको सङ्गतले तपाईलाई पनि छोईसकेको छ भने यस्तो जिज्ञासा उठ्नु स्वभाबिक हो। अर्को कुरा जति हामीलाई बच्चा हुर्काउनमा ज्ञान हुन्छ नि किनकि हामी आधुनिक युगका पढेलेखेका गुगलको ईसारामा हिड्ने बानी लागेका मान्छे तर
हामीलाई भन्दा बढि अनुभव हामीलाई जन्म दिएर आज यो ठाउँ सम्म ल्याउने हाम्रा बा आमालाई थाहा हुन्छ र कहिलै पनि सन्तानको रेखदेख र हेरचाहको लागि पिँजडाको सुगा भयौ भनेर भन्दैनन्।
अनि हजुर बा र आमा ल्याउनु भनेको आफुलाई केही भएपनि राहत पाउनु हो।ताकि काम गरेर घर अनि गाडी किन्दा बैंकबाट लिएको मोर्गेज तिर्न धेरै राहत हुन्छ।
अनि अर्को कुरो कसैले पनि कसैलाई करकापमा पारेर राख्नु भनेको उनीहरुको आत्मा चिड्याउनु हो जून कहिल्यै कोही कसैले पनि गर्न हुन्न। ति बृद अभिभावकहरुलाई बिदेशी शैली अनि परिबेश र रहनसहन मन नपर्न सक्छ। बरु बोलाउँदै नबोलाउनोस। कुँजो पारेर राख्नु भन्दा स्वतन्त्र पुर्बक आफ्नै देशको सेरो फेरोमा रम्न दिनुहोस।
आझकाल आमा बाबा आउने क्रम बढ्दो छ। अभिभावकहरुको लागि कहिले पिकनीक देखी भेटघाटको अवसर दिई राख्नु पर्छ।
सर्वप्रथम त बच्चा कहिले जन्माउने त्यो बिचार गर्न पर्यो अनि आफु सक्षम् छु या छैन त्यो बुझ्न पर्यो। अनि बा आमा कस्तो हुनुहुन्छ, कस्तो वाताबरण मन पराउनु हुन्छ त्यो बुझेर मात्र बोलाउन पर्यो।
फेरी एकजनाको परिवारले गरेर सिङ्गो समाजलाई दोष थुपार्न भएन नि। जनवारलाई त आफनो कोखको सन्तान कति प्यारो लाग्छ, मान्छे त्यस माथि पनि हाम्रो छुटै पहिचान, रहनसहन र सभ्यता भएका नेपाली।
कसलाई घाँडो हुन सक्छ आफ्ना सन्तती।त्यसैले आफ्ना बच्चाहरु हेर्ने बहानामा कसैको पनि बा आमालाई डिप्रेसनको शिकार नबनाओ बरु सोचेर योजना बनाएर सन्तानको रहर पुरा गरौ यसैमा छ सवैको भलो, न रह्यो बाँस न बज्छ बाँसुरी।
कसैलाई पनि अरुको पारिवारीक अवस्था हेडेर खिल्ली उडाउने,कुरा काट्ने अधिकार छैन।आाफ्नो व्याथा र परिस्थितीको कारण अभिभावक बोलाएका हुन्छन् तर पव्वाक्क बोल्नपायो भनेर तेल भिषामा आउनुभएको आमा भनेर बोल्ने अधिकार तिमीहरुलाई छैन। लेखक: मनोज पौड्याल