काठमाडौ :-  अष्ट्रेलिया गएको छोराले भन्दा दुबइ मा भएको छोराले धेरै कमाउँछ मेरा दुई भाइ छोरा छन् । दुवैलाई इन्जिनियर बनाएँ । जेठो चाहिँ अस्ट्रेलिया आयो ।

अहिले मलाई घुम्न बोलाएको थियो, त्यसैले भिजिट भिसामा डेढ महिना अगाडी म यहाँ आएको हुँ मेरो कान्छो छोरा दुबईमा छ ।नेपालमा अमेरिका, अस्ट्रेलिया भनेपछि धेरै कमाइ हुन्छ, सुख सयलको जिन्दगी हुन्छ भन्ने छ ।

तर मेरो अस्ट्रेलियामा भएको छोराले भन्दा दुबईमा भएको छोराले धेरै कमाउँछ ।जेठो छोराले सधैँ ‘पैसा नै पुगेन बा’ भनिरहन्छ । कान्छो छोराले भने एक वर्षमा लाखौँ पैसा पठाइसक्यो ।

घरको सबै आर्थिक कारोबार उसैले गर्छ ।कहिलेकाहीँ त जेठोले पैसा नभएको बहाना बनाएको हो कि भन्ने लाग्थ्यो । यहाँ आएपछि बुझेँ । साँच्चै दुःख रहेछ पैसा कमाउन ।

अझ यहाँ पढ्न भनेर आएका विद्यार्थीहरुमाथी त मलाई दया जागेर आयो । पढाइ, काम, सधैँ दौडधुप । नेपालमा रहेका परिवारले छोरा छोरी अस्ट्रेलिया पठाएको छु, पैसा पठाउँछन् भन्ने आशा नराखे हुँदो रहेछ । नेपालमा भने अस्ट्रेलियाको भिसा लाग्यो भन्नासाथ अब पैसा बर्सिन्छ भन्ने सोच्छन् ।

अस्ट्रेलियाको पीआर, यहाँको नागरिकताले गर्दा पनि मान्छेहरू दुखलाई दबाएर बस्छन् होला । तर मेरो जेठो छोरा भन्दा दुबईमा रहेको कान्छो छोरा खुसी छ जस्तो लाग्छ । उसले घरमा पैसा पठाएको छ, आफ्नो जीवनशैली पनि राम्रो छ ।

सम्मानका साथ काम गरिरहेको छ । फर्केर नेपाल आउँदाको दिनमा पनि ऊसँग नेपालको आफ्नो घर, आफूले बचत गरेको कमाइ, सम्पूर्ण परिवार र काम गर्नको लागि अरू अवसर पनि हुनेछन् । तर यहाँ त पीआर र नागरिकताको लागि दौडिदा दौ’डिदै मान्छेहरू बाँच्न नै बिर्सिदा रहेछन् ।

सबै आमा बुवालाई पैसा भन्दा बढी आफ्ना छोराछोरीको खुसीको चाहना हुन्छ । अस्ट्रेलिया, अमेरिका, जापानमा रहेर मात्र खुसी हुन सकिन्छ भन्ने सोच अब नेपाली आमाबुवा र छोराछोरीको दिमागबाट हट्नुपर्छ भन्ने लाग्यो ।

(अस्ट्रेलिया घुम्न आउनुभएका अभिभावकसँग गरिएको कुराकानीमा आधारित । गोपनीयताको लागि नाम परिवर्तन गरिएको छ)

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार