काठमाडौँ :-  ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको  छ।

गएराति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल उपचार भइरहेको थियो  गएराति करिब १० बजेतिर भएको सिलिन्डर विस्फोटमा परी सांसद् भण्डारी र उनकी आमा घाइते भएका थिए ।

भण्डारीको शरीरको २५- ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको बताइएको छ। चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ।

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको नि’ धन भएको छ ।कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।

गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे ।

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार