एजेन्सी:-  बलिउडका बादशाह “शाहरुख खान” ले आठ करोड रुपैयाँको घडी लगाउने गरेको खुलासा भएको छ। भारु चार करोड ९८ लाखको उक्त घडी शाहरुखको नाडीमा देखेर अहिले धेरैको होश उडेको छ।

हिजो फिल्म ‘पठान’को एक इभेन्टमा उनले नीलो रङ्गको घडी लगाएका थिए। दीपिका पादुकोणले पोस्ट गरेको एक भिडियोमा शाहरुख खान पनि देखिएका थिए जहाँ उनको ‘महँगो’ घडी पनि देखिएको थियो।

अडेमर्स पिगुएटको उक्त घडीलाई लिएर अहिले विभिन्न प्रतिक्रिया आइरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका अनुसार शाहरुखको घडीको मूल्यमा त मुम्बईको मुख्य क्षेत्रमै फ्ल्याट किन्न सकिन्छ।

यस्तै कतिपयले चाहिँ सबै घडीले उही समय देखाउने भएकाले महँगो मूल्य तिरेर घडी किन्न आवश्यक प्रतिक्रिया दिएका छन्।तर, शाहरुखको हकमा भने उनी घडीका सौखिन नै हुन्।

उनी पहिल्यैदेखि घडीमा पैसा हाल्न डराउँदैन थिए। उनीसँग रोलेक्स कम्पनीको पनि घडी छ। र, शाहरुखसँग भएका घडी सबै एक्सक्लुसिभ हुन्।

उनीसँग भएका अन्य घडीहरूमा पाटेक फिलिप एक्वानट ५९६८ ए हो। यसको मूल्य दुई करोड भारु हो। यस्तै अडेमर्स पिगुएटकै रोयल ओक अफशोर क्रोनोग्रफ घडी पनि उनको कलेक्सनमा छ। यसको मूल्य ३९ लाख भारु हो।

उनीसँग रोलेक्सको कस्मोग्राफ डेटोना पनि छ। यसको मूल्य २६ लाख भारु हो। अनि ट्याग ह्युअर मोनाको ६९ घडी पनि छ शाहरुखसँग। यसको मूल्य पाँच लाख ६१ हजार भारु हो।

पाँच हजार करोड भारुको नेट वर्थ भएका शाहरुख सौखिन जीवन जिउँछन्। उनी दुई सय करोड भारुको ‘मन्नत’ नामको आलिसान बङ्गलामा बस्छन्।यस्तै उनी कारका पनि सौखिन हुन्। उनी बुगाटीको सुपर कार चढ्छन्। यसको मूल्य १४ करोड भारु हो।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार