बलिउड महा नायक अमिताभ बच्चनका छोरा अभिनेता “अभिषेक बच्चन” ले अभिनेताको रुपमा स्थापित हुन लामै संघर्ष गर्नु पर्यो । बलिउडमा

आफ्नो पहिचान बनाउका लागि कडा संघर्ष गरेका अभिषेक आफ्नो फिल्मी करियर संगै व्यक्तिगत प्रसंग तथा प्रेम–जीवनका कारण पनि चर्चामा आइरहन्छन् ।

अभिषेक बच्चन र ऐश्वर्या रायको दम्पत्तिलाई बलिउडमा उत्कृष्ट जोडि मानिन्छ । दुबैको केमिस्ट्रीले सबैको मन जितेको छ । अभिषेकले ऐश्वर्यालाई फिल्म ‘गुरु’ प्रदर्शन हुनुभन्दा पहिला न्यूयोर्कमा होटलको बरण्डामा घुँडा टेकेर प्रेम प्रस्ताव राखेका थिए ।

अभिषेक र ऐश्वर्याको सन् २००७ मा विवाह भएको थियो । दुबैबीच अहिलेसम्म गम्भिर रुपमा झगडा परेको छैन । यद्यपि, केहि मनमुटावका कुरा भने विभिन्न पटक सुनिएको छ ।

यसैबीच, एउटा अन्र्तवार्ताको क्रममा अभिषेक र ऐश्वर्याले आफ्नो वैवाहिक जीवनको बारेमा रोमाञ्चक कुरा गरेका थिए ।सामान्य जोडिहरु झैँ आफुहरुबीच पनि सामान्य भनाभन हुने अभिषेक र ऐश्वर्याले स्वीकार गरेका थिए ।

अभिषेकसंग कुनै न कुनै कुरामा झगडा पर्ने गरेको ऐश्वर्याले बताएकी थिइन् । तर त्यो झगडा नभएर एक किसिमको असहमति हुन्थ्यो । यदि यस किसिमको झगडा नभएको भए आफ्नो वैवाहिक जिन्दगी बोरिङ हुने पनि ऐश्वर्याले बताएकी थिइन् ।

यही क्रममा अभिषेकले आफ्नो वैवाहिक जिन्दगी राम्रोसंग चलेको एउटा रमाइलो रहस्य पनि खोलेका छन् । उनले आफुहरु झगडा गरेर सुति नहाल्ने कुराको सहमति दुवै मिलेर निर्धारण गरेको बताएका छन् ।

त्यसैले उनले हरेक रात सुत्नु अगाडि दिनभरी गरिएको गल्तिका लागि ऐश्वर्यासंग माफि माग्ने गरेका छन् ।अभिषेकले प्रायः महिलाहरु आफ्नो गल्ति स्वीकार नगर्ने स्वभावका हुने भएकाले प्रायः आफूले नै माफी माग्नु परेको बताएका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार