शाहरुख खानको जवान फिल्ममा अल्लु अर्जुनको आगमन भएको छ !  अभिनेता शाहरुख खानको फिल्म पठान ले अहिले राम्रो व्यवसाय गरिरहेको छ ।

पठानको सफलतापछि उनी अहिले शाहरुख फिल्म जवान को प्रतीक्षामा छन् ।फिल्ममा अहिले साउथ सुपरस्टार अल्लु अर्जुन जोडिएका छन् । मिडिया रिपोटका अनुसार अल्लु अर्जुन फिल्मको केमियो भूमिकाको लागि जोडिएका हुन् ।

अल्लु अर्जुनको यसै फिल्मबाट बलिउड डेब्यु हुनेछ ।शाहरुख र अल्लु अर्जुन एकसाथ देखिने कुरोले दुबैका फ्यानमा उत्साह बढेको छ । फिल्ममा शाहरुख र अल्लु अर्जुनको सहकार्यले बक्स अफिसमा धेरै रेकर्ड तोड्न सक्छ ।

यस विषयमा निर्माण युनिट र अल्लु अर्जुन दुबैको तर्फबाट आधिकारिक धारण आउन बाँकी छ ।जवानको केही अगाडि एक लुक बाहिर आएको थियो ।

जसमा शाहरुखको अनुहार पुरै ब्याण्डेजले बाँधिएको थियो । एटली कुमारको निर्देशक रहेको यो एक्शन थ्रिलर फिल्ममा शाहरुखका अलावा नयनतारा, प्रियमणि र विजय सेतुपति मुख्य भूमिकामा देखिनेछन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार