मुम्बई :-  बलिउड इन्डसट्री त्यस्ता धेरै कलाकार छन् जसले आफ्नो वैवाहिक सम्बन्धमा अहिले सम्म पनि इमान्दारिता देखाइरहेका छन् ।शाहरुख खान गौरी खान, अजय देवगण काजोल अक्षय कुमार  ट्विंकल खन्ना, रितेश देशमुख जेनेलिया डिसूजा आदि बलिउडका इमान्दार जोडिको रुपमा चिनिन्छन ।

यद्यपि, बलिउडमै त्यस्ता धेरै श्रीमानहरु पनि छन्, जसले आफ्ना पार्टनरलाई धोका दिएका छन् । आफ्ना श्रीमतीलाई धोका दिए पनि उनीहरुले आफ्नो घर टुट्न भने दिएनन् ।

धर्मेन्द्र

धर्मेन्द्रले आफ्नी पहिली श्रीमती हुँदा–हुँदै हेमा मालिनीसंग विवाह गरे । यद्यपि उनी आफ्नी श्रीमतीसंग इमान्दार नभएता पनि उनलाई कहिले छाडेनन् । दुबै परिवारलाई जोडेर राखे । धर्मेन्द्रले दोस्रो विवाह गरेपछि अभिनेता सनी देओल र बबी देओलले पहिला त उक्त विवाहको विरोध गरेका थिए, यद्यपि कालान्तरमा उनीहरुले बिस्तारै बुझ्दै गए ।

सञ्जय खान

सञ्जय खान विवाहित हुँदा–हुँदै पनि उनले अभिनेत्री जीनत अमानसंग गोप्य रुपले विवाह गरेको मानिन्छ । तर जब यो कुरा सार्वजनिक भयो, तब दुबैमा वहस र झगडा हुन थाल्यो । जीनतका लागि सञ्जयले आफ्नी पहिलो श्रीमती र सन्तान छाडेनन् ।

दिलीप कुमार

सन्तानको चाहनामा दिवंगत अभिनेता दिलीप कुमारले पनि सायरा बानो हुँदा–हुँदै दोस्रो विवाह गरेका थिए । तर उनी सायरा बानोसंगै रहे । पछि आफू सायरा बानोप्रति इमान्दार नभएकोमा दुःखीसमेत भए ।

अमिताभ बच्चन

अमिताभ बच्चनले जया बच्चनसंग विवाह गरे, तर उनको प्रेम सम्बन्धको चर्चा भने रेखासंग रहेको छ । दुबैले गोप्य रुपले विवाह गरेको कुरा पनि बाहिरिएको थियो, तर रेखासंग प्रेम सम्बन्ध भएर पनि अमिताभ बच्चन जया बच्चनकै श्रीमान् भइरहे ।

ऋतिक रोशन

ऋतिक रोशनले आफ्नो बाल्यकाल देखिकी साथी सुजेन खानसंग विवाह गरे । उनीहरुका दुई छोरा पनि छन् । ऋतिकको नाम अभिनेत्री कंगना रानौतसंग जोडियो, तर कंगनासंग नाम जोडिरहँदा उनी आफ्नी श्रीमतीसंग अलग भएनन् । यद्यपि, अहिले भने दुबैको सम्बन्ध विच्छेद भैसकेको छ, तर पनि आफ्ना छोराहरुका लागि दुबै अहिले पनि कुशल अभिभावकको दायित्व निर्वाह गरिरहेका छन् ।

अजय देवगन

अजय देवगनको नाम पनि अभिनेत्री रविना टण्डनसंग जोडिएको थियो । तर जब उनलाई आफ्नो गैरजिम्मेवार कार्यले परिवार टुक्रिनसक्छ भन्ने महसुस भयो, उनले आफैँ रवीनासंग दूरी बढाए ।

अहिले पनि धेरै त्यस्ता कलाकार छन्, जसको विवाह पश्चात प्रेम सम्बन्धको चर्चा चल्छ । तर जब कुरा घर टुक्रने बारे हुन्छ, तब उनीहरु आफ्नो घर–परिवारलाई साथ दिन्छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार