श्रीमान्श्री मती नै शाखा अधिकृत, त्यो पनि सँगै । यस्तो संयोग जो कसैको जीवनमा आउँदैन । तर पश्चिम दैलेखको ठाटीकाँध गाउँ पालिका–६ भडाचौरका मनबहादुर थापा (२६) र उनकी श्रीमती विना केसी (२६) नेपाल प्रशासन समूह शाखा अधिकृतमा एकै पटक सिफारिस भएका छन् ।

एक अर्कालाई बुझ्दै–बुझाउँदै, कमी–कमजोरीलाई औँल्याउँदै अघि बढेका थापा दम्पती अहिले अन्य लोक सेवा आयोग प्रति रुचि राख्नेहरूका लागि प्रेरणाका स्रोत बनेका छन् ।

सोमबार थापा दम्पतीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापन गरिएको स्थायी नियुक्ति पत्र प्राप्त गरिसकेका छन् ।भनिन्छ, संघर्ष नै सफलता हो ।

एउटा लक्ष्यमा लगनशीलता, आत्मविश्वास र निरन्तरता दिन सके सफलता खोज्न कहीँ जानु पर्दैन । थापा दम्पतीको जीवनमा उक्त भनाइले सार्थकता पाएको छ ।

मनबहादुरले यो भन्दा पहिला एक पटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए । तर उनी सफल भएनन् । दोस्रो पटक जसरी पनि शाखा अधिकृत बन्छु भन्ने उनमा दृढता थियो ।

लगनशीलता र निरन्तर प्रयासले नतिजा आफ्नो पक्षमा आएको उनी बताउँछन् । विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् ।

यसअघि विना सुर्खेत जिल्ला अदालमा नासुमा कार्यरत थिइन् भने मनबहादुर आफ्नै गृह पालिका ठाटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार