अर्घाखाँची :-  अर्घाखाँचीकाे पाणिनी गाउँ पालिका वडा नम्बर ८ पालिमा ट्याक्टर दु’र्घटना हुदा १ जनाकाे मृ’ त्यु भएकाे छ भने २ जना घाइते भएका छन् ।

शनिवार बिहान लु.२ त.९२७१ नम्बरकाे ट्याक्टर दु’ र्घटना हुदा पाणिनी गाउँपालिका वडा नम्बर ८ पालि बस्ने १८ बर्षिय हुम बहादुर कुमालकाे मृ त्यु भएकाे हाे ।

दु’ र्घटनामा परि अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।

घाइते हुनेमा चालक २२ बर्षिय चाम बहादुर कुमाल र ३९ बर्षिय शंकर बहादुर कुमाल रहेका छन् । उनिहरूलाइ उपचारकाे लागि पाल्पा पठाईएको छ ।

ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजि १५० मिटर तल खसी दर्घटना भएकाे थियाे । प्रहरीका अनुसार घटनाकाे थप अनुसन्धान भइरहेकाे छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार