
पोखरा । पोखराकाे पृथ्वी चोकमा बसको ठक्करबाट एक युवतीको मृ’ ‘त्यु भएको छ । हिजो (बिहीबार) बिहान पोखराको पृथ्वीचोकबाट बुद्धचोकतर्फ
जाँदै गरेकाे ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट गएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक पाेखरा २६ बुढीबजार निवासी २७ वर्षीया रेजिना आचार्यको मृ त्यु भएको हो ।
बिहान करिब ९ बजे भएको उक्त दु र्घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनेबित्तिकै बस चालक फरार भएका थिए ।सडकमा खाल्डाखुल्डीकाे कारण स्कुटर अनियन्त्रित हुन पुगेकाे स्थानियले जनाएका छन् ।
रेजिनाको आज गाडीकाे ट्रायल रहेको बुझिएको छ ।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।