काठमाडौँ :-  वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। माघ २७ गते शुक्रबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

शुक्रबार दिन माता सन्तोषीको नाममा समर्पित हुने गर्दछ। शुक्रबार माता सन्तोषीको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शुक्रबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

माघ २७ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शुक्रबार ।।। नक्षत्र- हस्त , २१:५३ बजे उप्रान्त चित्रा ।।। तिथि –पञ्चमी , २९:५५ बजे उप्रान्त षष्ठी ।।। करण – कौलव १७:४८ बजेदेखि तैतिल , २९:५५ बजे उप्रान्त भद्रा ।।। योग – धृति , १४:५८ बजे उप्रान्त शूल ।।। माघ २७, २०७९, शुक्रबार।।। १० फेब्रुअरी, सन् २०२३ ।।। पञ्चमी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लागा, ११४३ ने.सं. ।।। सूर्योदय – ०६: ४७ ।।। सूर्यास्त – १७ :५० ।।। शुभ साइत : – रुद्री गर्ने साइत, होम गर्ने साइत, बिवाह गर्ने साइत, पसल खोल्ने साइत, पास्नी गर्ने साइत, ब्रतबन्ध गर्ने साइत-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

अज्ञात भयले सताउन सक्छ। कुराकानीमा सन्तुलित हुनुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। व्यापारको लागि विदेश यात्रा लाभदायक हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। सम्बन्धमा घनिष्टता रहनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दाम्पत्य सुखमा वृद्धि हुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। परिवारका सबै सदस्यको सहयोग मिल्नेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। शुभ समाचार प्राप्त हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मनमा निराशा र असन्तुष्टि आउन सक्छ। राम्रो अवस्थामा रहनुहोस्। नोकरीमा उच्च अधिकारीको सहयोग रहनेछ तर कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ। मिहिनेत बढी हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मन विचलित हुन सक्छ। मानसिक शान्तिको लागि प्रयास गर्नुहोस्। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। उच्च पद पनि प्राप्त गर्न सकिनेछ। सम्बन्धमा घनिष्टता रहनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आत्मविश्वासको कमी रहनेछ। शान्त होउ अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। त्यसैगरी बोलीमा मिठास आउनेछ। कार्यक्षेत्रमा परिवर्तनको योग रहेको छ। मिहिनेत बढी हुनेछ। दाजुभाइसँग मतभेद हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनमा शान्ति र आनन्द रहनेछ। आत्मविश्वास पनि बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ तर सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला । कार्यस्थलमा थप मिहिनेत हुनेछ । तनाव हुन सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

प्रेममा आत्मविश्वास कायम रहनेछ तर मन पनि अशान्त रहन सक्छ। कुराकानीमा सन्तुलित हुनुहोस्। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। व्यापारिक कार्यमा दौडधुप बढ्नेछ । यात्रामा जान सकिनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शैक्षिक तथा बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ। काममा अधिकारीहरुसँग सद्भाव कायम राख्नुहोला। कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। मिहिनेत बढी हुनेछ। लाभको अवसर मिल्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आत्म-नियन्त्रित हुनुहोस्। मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। व्यवसाय विस्तारका लागि बुवाबाट धन प्राप्ति हुनेछ। बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। खर्च बढ्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन खिन्न रहनेछ। धैर्यताको कमी हुनेछ। मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। लेखन तथा बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ। साथीभाइको सहयोग मिल्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मविश्वास भरिपूर्ण रहनेछ। अभिभावकको साथ मिल्नेछ। काममा प्रगतिको अवसर मिल्नेछ। आम्दानीमा बृद्धि होला तर कार्यक्षेत्रमा परिवर्तन हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। साथीभाइ भेटघाट हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मन प्रसन्न रहनेछ। आत्मविश्वास पनि भरिनेछ। परिवारमा मान-सम्मान पनि रहनेछ। सवारी साधनको मर्मत सम्भार तथा लुगा आदिमा खर्च बढ्न सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार