जापान टोकियो :- जापानमा एक नेपाली पुरुष राजधानी टोकियो नजिकको पार्कमा नि’धन भएको अवस्थामा  फेला परेका छन् ।जापान समाचार

लाई प्राप्त जानकारी अनुसार नेपालि हरि प्रसाद गुरुङ परिचय भएका मृ”त पुरुष ५३ वर्ष उमेरको भएको बुझिएको छ ।पार्कमा सामान्य बसेको अवस्थामा गुरुङ लाई

मृ” त फेला पारिएको प्रहरीले प्रारम्भिक जानकारी दिएको एन आरएनए जापानका बरिष्ठ उपाध्यक्ष नविन न्यूरेले जानकारी दिनुभएको छ ।मृ” तक गुरुङको शव हाल साइतामा कुकी प्रहरी स्टेशनले नियन्त्रणमा राखेको छ ।

नेपाल कास्की जिल्ला घर भएका हरि प्रसाद गुरुङको मृ”त्युको सम्वन्धमा परिवारका सदस्यहरुसँग सम्पर्कको प्रयास भइरहेको नेपाली राजदूतावास टोकियोले जानकारी दिएको छ ।

मृ” त्युको कारण लगायत विषयमा प्रहरीले छानविन थालेकाले तत्काल केही खुल्न सकेको छैन । थप विवरण प्राप्त भएपछि प्रकाशित गर्नेछौं ।

यो पनि पढ्नुहोस :- अ-ज्ञात चिनिया महिलाले “जापानको “टापु” नै किनिदिएपछि

अ-ज्ञात चिनिया महिलाले “जापानको “टापु” नै किनिदिएपछि :-  जापानको ओकिनावा प्रान्तमा एक चिनियाँ महिलाले बसोबास नभएको टापु किनेकी छन् । हालसम्म महिलाको परिचय खुल्न नसकेको तर उनको उमेर ३० वर्ष रहेको बताइएको छ ।

ती महिलाले चिनियाँ सञ्चारमाध्यमलाई आफ्नो एक नातेदारको कम्पनीले यानाहा टापु किनेको बताएकी छन् । यो टापु ओकिनावाको मुख्य टापुको उत्तरमा छ र यसको एक भाग टोकियोको एक परामर्श फर्मको स्वामित्वमा छ। ती महिलाले यो फर्मलाई आफ्नो नातेदारको कम्पनी भनेकी छन् ।

अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले आज जापान टाइम्सलाई उद्धृत गर्दै यो रिपोर्ट दिएको हो । अखबार लेख्छ कि सार्वजनिक रेकर्ड अनुसार, यो फर्म चिनी व्यवसायमा विशेषज्ञता छ।

कम्पनीको ओकिनावा प्रान्तको इजेना गाउँमा कार्यालय रहेको छ, जसका अनुसार कम्पनीसँग कूल जग्गाको ५० प्रतिशत छ । यसको धेरैजसो स्थानीय सरकारको नियन्त्रणमा छ।

यी महिलाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर टापु किनेको जानकारी दिएकी थिइन् । यो भिडियोमा उनी यानाहा आइल्याण्डमा देखिएकी छिन् ।

जापान टाइम्सलाई उद्धृत गर्दै अखबारले लेखेको छ कि एइजेना टापुमा बस्ने मानिसहरूले उनलाई र अर्की एक महिलालाई डुङ्गामा यानाहा टापुमा लगे। ती महिला केही घण्टासम्म त्यहाँ बसिन्, वरपरको क्षेत्रको फोटो खिचिन् र भिडियो बनाइन् ।

भिडियोमा एउटा कागजात पनि देख्न सकिन्छ जसमा परामर्शदाता फर्मको ठेगाना छ जसले आफ्नो वेबसाइटमा यानाहा टापु किनेको दाबी गरेको छ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार