काठमाडौ :-  एका तिर गायिका एलिना चौहान लाई स्टेजमा भ्याई नभ्याइ छ । धोकेबाज हौँ तिमी बोलको गीतले स्टेजमा युवा युवती लाई लोभ्याए पछि एलिनाको स्टेज डिमाण्ड पनि ह्वात्तै बढेको हो ।

एलिनाको यही गीत सुन्न महोत्सवमा आएका यूवायूवतीले गर्ने विभिन्न खालका क्रियाकलापले पनि सामाजिक संजाल रंगिएको छ । यूवायूवती एलिनाले यो गीत गाउँदा विभिन्न गतिविधी देखाएर भाइरल हुने दौडमा छन् ।

तर, यही बिचमा गायिका चौहान भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नचिनेर ट्रोलको शिकार बनिरहेकी छिन् ।
‘द प्रकाश सुवेदी शो’मा पुगेकी एलिनाले रविको तस्वीरमा भनेकी छिन्–‘उहाँलाई चिन्छु ।

चर्चा भएपनि उहाँ व्यक्तिगत रुपमा कस्तो मान्छे हो भन्ने मलाई थाहा छैन के ? तर, कस्तो रुपमा चिन्नुहुन्छ भन्दा म कुनै पनि रुपममा चिन्दिनँ ।’
एलिनाले यसो भनेपछि उनी चर्को ट्रोलको शिकार भएकी छिन् ।

धेरैले उनलाई एक–दुई वटा गीत चलेपछि घमण्डी भएको भन्दै आलोचना गरेका छन् । कतिपयले उनको बोल्ने शैलीमा पनि मजाक बनाएका छन् ।

एलिनाले भने आफूले रवि लामिछानेलाई नै नचिन्ने भनेर अन्तरवार्ता नदिएको बताएकी छिन् । उनले कसरी चिन्नुहुन्छ भन्ने प्रश्नमा मात्र आफूले नभेटेकाले यसरी चिन्छु भन्न नसकेको जवाफ दिएकी छिन् ।

रवि, समाजसेवी र कुशल पत्रकार भएको भन्दै एलिनाले पुरा अन्तरवार्ता हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेकी छिन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार