भारतीय अभिनेता ब्रह्मानन्दम्ले नेपालि  अभिनेत्री “नीता ढुङ्गाना” को अभिनयको तारिफ गरेका छन् । फिल्म ह्रस्व दीर्घ को छायांकन सेटमा नीताको अभिनय बाट प्रभावित भएर उनले तारिफ गरेका हुन् ।

नीताले पति हरिहर अधिकारीसँग मिलेर बनाउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ को यतिबेला भारतको हैदरावादको रामोजी फिल्म सिटीमा छायांकन भइरहेको छ ।

फिल्म अभिनयका लागि साउथ कलाकार ब्रह्मानन्दम, अली पनि स्टुडियोमा उपस्थित छन् ।स्टुडियोमा नीताको केही दृश्य समेत खिचिएको थियो ।

सोही सिलसिलामा ब्रह्मानन्दम् नीताको अभिनयको तारिफ गरिएको समेत निर्देशक चन्द्र पन्तले बताए । ‘नेपालमा यस्तो राम्रो अभिनेत्री होला भनेर मैले कल्पना पनि गरेको थिइनँ ।

तिमी हिरा हौं’ ब्रह्मानन्दम्को शब्द निर्देशक पन्तले दोहोर्याए । ब्रह्मानन्दम् नीतालाई अभिनयको प्रशंसा गर्दै गिफ्ट समेत दिएको पन्तको भनाई छ ।

ब्रह्मानन्दम्को अलवा सुनील बर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतसँगै नेपाली कलाकार रविन्द्र झा, आदर्श मिश्रा, लक्ष्मी पौडेलको समेत केही पाटोको छायांकन स्टुडियोमा खिचिएको छ ।

अझै केही दिनको छायांकनपछि फिल्म युनिट नेपाल आउनेछ । भारतको ठूलो ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा समेत भएको फिल्म ४ देखि ५ करोडको नेपालीमा लागतमा बन्ने निर्माण युनिटले जनाएको छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार