काठमाडौँ :-  चलचित्र मनसँग मनको विशेष शो गरिएको छ ।शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शो पनि सञ्चारकर्मी हरू सँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन् ।

उनले पल शाहलाई सबैसँग मिल्ने आलुका रूपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको बताइन् ।उनले पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र आफूलाई चलचित्रमा अभिनय गर्न पनि नरमाइलो लागेको उल्लेख गरिन् ।

उनले पल शाह आफूलाई बलिउड अभिनेता शाहरुख खान झै लाग्ने बताइन् ।कार्यक्रममा अभिनेता पुष्प खड्काले यसअघिका फिल्ममा फिल्म नचलेपछि पैसा फिर्ता गर्नुभएको थियो, यो फिल्ममा के गर्नुहुन्छ ?

भन्ने सञ्चारकर्मीको प्रश्नमा सबै फिल्म नचल्दैमा पैसा फिर्ता गर्ने हो भने घरखेत बेच्नुपर्ने भन्दै ठट्टा गरे । उनले पहिलो फिल्ममा पैसा फिर्ता गरेको कारण कोरोनाको महामारी रहेको आर्थिक उपार्जन हुन नसकेकाले पैसा फिर्ता गरेको बताए ।

आजबाट प्रदर्शन भएको चलचित्रमा कलाकारहरू पुष्प खड्का र वर्षा शिवाकोटीका साथै फिल्ममा पल शाह र पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् ।

फिल्ममा वर्षा र पुष्पको अलवा वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।सौरभ इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।

फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा छ । फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार