काठमाडौं :-  आमा बनेपछि श्वेता खड्काको दैनिकी बदलिएको छ । छोरी ब्रायना लाई स्याहार गर्दैमा उनी व्यस्त छिन् । अधिकांश समय मदरहुड सेलिब्रेसनमा बित्छ । सन्तानलाई जन्माए पछि उनी बेस्ट आमा बन्ने प्रयासमा छिन् ।

कम्तीमा आगामी दशैंसम्म मदरहुडमै समय बिताउने उनको योजना छ ।त्यसपछि फिल्म र व्यवसायको दैनिकीमा फर्कने तालिकामा छिन् । दशैंपछि फिल्मको प्रोजेक्टलाई अघि बढाउने उनको योजना छ ।

अनलाइनखबरसँग श्वेताले भनिन्, ‘कम्तीमा दशैंसम्म मदरहुड र त्यसपछि फिल्म लगायतका प्रोजेक्टमा अघि बढ्छु ।’उनी महिला सशक्तीकरणसम्बन्धी कुनै एक फिल्म निर्माण गर्न चाहन्छिन्, जुन उनको पहिल्यैदेखिको धोको पनि हो ।

कहाँ भेटिएला’देखि अभिनयमा करिअर थालेकी श्वेताले हाँसिदेऊ एकफेर, श्रीमान श्रीमती, कोहिनूर र कान्छीमा अभिनय गरेकी छन् । यी फिल्मको केन्द्रमा नारी संवेदना जोडिएका छन् । जसकारण यस्ता कथावस्तुमा फिल्म बनाउने आफ्नो रुचि रहेको श्वेताको कथन छ ।

जल शाहले दिइन् श्वेतालाई सरप्राइज

मंगलबार एक कफी सपमा कुनैबेलाकी हिट अभिनेत्री जल शाह र श्वेताबीच गेट–टुगेदर भयो । झण्डै एक घण्टासम्म यी दुईले कफी गफ गरे । उनले ब्रायनाको हालखबरदेखि नेपाली फिल्मबारे गफगाफ समेत गरे ।

अमेरिकामा हुँदा पनि श्वेतासँग जलले टेलिफोनमार्फत कन्भर्सेसन गर्ने गरेकी थिइन् ।यो भेटमा जलले श्वेताको लागि सरप्राइज बर्थडे पार्टी पनि दिइन् । जलले ल्याएको केक काटेर बर्थडे सेलिब्रेसन गरिन् ।

तर श्वेताको जन्मदिन भने फेब्रुअरी ५ मा थियो । ‘सिनियर कलाकारले माया गरेर यसरी भेटेकोमा एकदम खुसी छु,’ श्वेताले भनिन् ।जल शाह सपरिवार नेपाल भ्रमणमा छिन् । काठमाडौं बसाइमा उनले निकट फिल्मकर्मीसँग भेटघाट गरिरहेकी छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार