काठमाडौ :-  साउथ इन्डियन फिल्मका नामी कलाकार “ब्रह्मानन्दम” ले पहिलो पटक “नेपाली फिल्म” मा काम गरिरहेका छन् । भारतको हैदराबादमा अवस्थित संसारकै

सबैभन्दा ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीमा छायांकन भैरहेको फिल्म “ह्रस्व दीर्घ” मा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । बुधबार तेस्रो दिनमा छायांकन भइरहेको फिल्मको सेटबाट उनको क्यारेक्टर लुक्स बाहिरिएको छ ।

तस्विरमा ब्रह्मानन्दम धोती-कुर्थासहित ढाका टोपी र निधारमा सेतो चन्दन टीका लगाएर देखिएका छन् । यो लुक्सले फिल्ममा उनी नेपाली पण्डितको भूमिकामा हुनसक्ने अनुमान गर्न सकिन्छ ।

उनीसँगै तस्विरमा साउथका कलाकार अली राजस्थानी लुक्समा र नेपाली कलाकार रविन्द्र झा धोती-कुर्थासहित पहेँलो गम्छा र निधारमा सेतो चन्दन टीका लगाएर पण्डितको लुक्समा प्रस्तुत छन् ।

रामोजी फिल्म सिटीपछि आग्रामा अवस्थित ताजमहलमा फिल्मको छायांकन गरिनेछ । त्यसपछि दोस्रो चरणको छायांकन नेपालमा हुनेछ । नीता फिल्मस्को ब्यानरमा बनिरहेको ह्रस्व दीर्घमा साउथबाट

पुष्पाका भिलेन सुनिल वर्मा, गजनीका भिलेन प्रदीपराज रावतको पनि अभिनय रहनेछ । साउथका कलाकारहरुलाई फिल्ममा अभिनय गराउन निर्माण टिमले मोटो रकम खर्च गरेको छ ।

यो फिल्ममा नेपाली कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजालगायतको पनि अभिनय रहनेछ ।

चार करोड बढीको लागतमा निर्माण हुन लागेको फिल्मलाई नेपालीसँगै हिन्दी र भारतको विभिन्न प्रान्तीय भाषामा एकसाथ रिलिज गर्ने तयारी गरिएको छ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार