काठमाडौ :-  नायक अनमोल केसीले संझौता गरेको समय सम्म पनि छायांकन नभए पछि फिल्म एक्स  नाइन छाडेका थिए । यो फिल्मका लागि चार  महिना लगाएर शरीर सुगठीत बनाएका अनमोल निर्धारित समयमा पनि काम सुरु नभए पछि निराश भए ।

यसपछि, अनमोलले फिल्म ‘छड्के २’मा काम गरिसकेका छन् भने ‘जेरी २’को छायांकन पनि सुरु गर्ने तयारीमा छन् ।तर, यो फिल्मका निर्देशक मुकुन्द भट्टले भने ‘एक्स ९’लाई अगाडि बढाइरहेका छन् ।

यो फिल्म अनमोलले छाडेपछि मुकुन्दले अर्का नायक प्रदीप खड्कालाई साइन गरेको वुझिएको छ ।यो कुराको पुष्टी, भारतमा नायक र निर्देशकले मिलेर गरेको पूजाले पनि गर्दछ ।

भारतको नासिक त्रयम्बकेश्वर मन्दीरमा पुगेर प्रदीपले निर्देशक मुकुन्द भट्टसँग पुजा गरेका छन् । यसबाट पनि यी दुइले एकसाथ काम गर्ने निर्णय गरिसकेको बुझ्न सकिन्छ ।

मुकुन्दले फिल्ममा सौगात मल्ल, पुष्प खड्का, नीति शाह लगायतका कलाकारलाई फाइनल गरिसकेका छन् । फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले पनि काम गर्ने चर्चा चलेको थियो ।

मुकुन्द अझै पनि उनीसँग कुराकानी गरिरहेका छन् । यदि, सुनिलले काम नगरे कलाकार सोहील खानलाई अफर गर्ने तयारी उनको छ । यो फिल्मलाई

अष्ट्रेलिया र यूरोपका विभिन्न देशमा खिच्ने तयारी मुकुन्दको छ । फिल्मलाई नेपालको अहिलेसम्मकै उत्कृष्ट एक्सनप्रधान फिल्म बनाउने उनले बताउँदै आएका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार