मंगलबार, मंसिर ९, २०८३ | Tuesday, 24 November 2026 साँझ ६:४० बजे

कला / मनोरंजन

कुर्थामा सजिएर आकाशसँग गफमा मस्त भएकी उपासना

कुर्थामा सजिएर आकाशसँग गफमा मस्त भएकी उपासना

काठमाडौ :-  बिहिबार भव्य रुपमा आयोजना गरिएको ११ औैं नेफ्टा फिल्म अवार्ड’को औपचारिक घोषणा समारोहमा नायिकाहरूको बाक्लो उपस्थिति देखियो ।

उक्त समारोहमा नायिका “उपासना सिंह ठकुरी” पनि पुगिन् । उपासनाका लागि काठमाडौंको जाडो सकिएको महशुश गर्न सकिन्थ्यो । किनकी, उनले यो चिसोमा कुर्था सुरुवाल लगाएर पुगेकी थिइन् ।

कार्यक्रम अवधीभर उपासना नायक आकाश श्रेष्ठसँग नै गफिएकी थिइन् । आकाश पनि कोर्ट पाइन्टमा कार्यक्रममा उपस्थित भएका थिए । उपासना र आकाश कार्यक्रम अवधीभर एक साथ बसेका थिए र दुवै गफमा रमाएका पनि थिए ।

उपासनाको यो बर्ष  २ नम्बरी र डिसेम्बर फल्स’ नामक २ वटा फिल्म रिलिज भएका थिए । नेफ्टा अवार्डमा पनि यो बर्ष सहभागी भएका फिल्महरूलाई समावेश गरेर अवार्ड प्रदान गर्ने तयारी आयोजकको छ ।

यसैले, पनि उत्कृष्ट ५ को विधामा उपासना प्रबल दाबेदारको रुपमा रहेकी छिन् ।

तपाईंलाई यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया दिनुहोस्