अष्ट्रेलिया :-  मेलबर्न स्थित एउटा नाई पसल र पूर्व सञ्चालक हरू विरुद्धको मुद्धा अदालत पुगेको छ । फेयरवर्क अम्बुडस्म्यानले दुईजना साझेदारका रुपमा कार्यरत कर्मचारिको गुनासो माथी लामो अनुसन्धान गरेर संघीय अदलातमा मुद्धा दर्ता गराएको हो ।

कानुन अनुसार तलब, सेवा सुविधा नपाएको गुनासोपछि फेयरवर्क अम्बुडस्म्यानले अनुसन्धान अघि बढाएको थियो । नियामक निकाय फेयरवर्क अम्बुडस्म्यानले २०१८ मार्च र २०२१ जुन बीचको अवधिमा रेजरको एज बार्बरशप पीटीआई

लिमिटेड मार्फत कामदारले पाउनुपर्ने सेवा सुविधा नपाएको निष्कर्ष निकालेको छ । बारबरसफ कम्पनीमाथी ३३ हजार ३ सय डलर र निर्देशमाथी ६ हजार ६६० डलर जरिवाना मागदाबी गरिएको छ ।

फेयरवर्क ऐनको राष्ट्रिय रोजगारी मापदण्ड अन्तर्गत कामदारको रोजगारी खारेज गरेपछि वार्षिक बिदा वापतका सबै भुक्तानी, कानुन अनुसारका सेवा सुविधा दिन सबैलाई आग्रह समेत गरिएको छ ।

२०२२ मार्चमा रेजरको एज बार्बरशपमा सूचना जारी गरिएसँगै अन्य कामदारलाई आंशिक रुपमा भुक्तानी गरिएको समेत फेयरवर्क अम्बुडस्म्यानले जानकारि दिएको छ ।

यता, पर्थस्थित एउटा सूचना प्रविधि कम्पनीले कामदारको न्यूनतम पारिश्रमिक र फेयर वर्क ऐनको राष्ट्रिय रोजगार मानक अन्तर्गत वार्षिक बिदा र व्यक्तिगत बिदाको कम भुक्तानी गरेको अभियोगमा समेत अर्को मुद्धा संघीय अदालतमा दर्ता गराइएको छ ।

यो कम्पनी विरुद्ध समेत ३३ हजार ३ सय डलर र निर्देशमाथी ६ हजार ६६० डलर जरिवाना मागदाबी गरिएको छ ।फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले श्रम ऐन कार्यान्वयनमा नियामक निकाय गम्भिर बन्ने दाबीसहित कानुन कार्यान्वयनमा जोड दिनुभएको छ ।

कानून मिच्नेहरूविरुद्ध अदालतबाट जरिवानासँगै कामदारलाई क्षतिपूर्ति बापत अतिरिक्त भुक्तानीको आदेश आउनेतर्फ समेत पार्करले सबैलाई सचेत गराउनुभएको छ ।

कामदार, अफिसियल कर्मचारिहरुको सुरक्षामा फेयरवर्क अम्बुडस्म्यान रहेको विश्वास दिलाउँदै पार्करले आफ्नो तलब वा अधिकारको बारेमा चिन्ता भएका निःशुल्क सहायताको लागि आउन आह्वान समेत गर्नुभएको छ । – स्रोत :- नेपाल ट्युब अष्ट्रेलिया

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार