काठमाडौँ :- वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। चैत ४ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।
शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ। शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :
चैत ४ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शनिबार ।।। नक्षत्र- श्रवण , २२:२९ बजे उप्रान्त धनिष्ठा ।।। तिथि – एकादशी ८:२९ बजेदेखि द्वादशी , ३०:०५ बजे उप्रान्त चतुर्दशी ।।। करण – वालव ८:२९ बजेदेखि कौलव , १९:१७ बजे उप्रान्त भद्रा ।।। योग – शिव , २२:०९ बजे उप्रान्त सिद्ध ।।। चैत ४, २०७९, शनिबार।।। १८ मार्च, सन् २०२२ ।।। एकादशी, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४३ ने.सं. ।।। सूर्योदय – ०६:१३ ।।। सूर्यास्त – १८:१३ ।।। शुभ साइत : – रुद्री गर्ने साइत –
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
उदार स्वभावले दिन धेरै खुशीका साथ बित्नेछ। घरमा पाहुनाको आगमन हुन सक्छ तर यस पाहुनाको भाग्यले आर्थिक लाभ प्राप्त गर्न सकिनेछ। साथीभाइसँग घुमफिर हुनेछ । तर धेरै पैसा खर्चमा नियन्त्रण नगर्नुहोस्। जीवन साथीले विशेष हेरचाह गर्नेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
आत्मविश्वासको कमी रहनेछ। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ । मिहिनेत बढी हुनेछ । खर्च बढ्नेछ। दाजुभाइको सहयोग रहनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आत्मविश्वास धेरै होला तर मनमा उतारचढाव रहनेछ। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। साथीभाइको सहयोगले कुनै पनि सम्पत्तिबाट धन आर्जन गर्न सकिनेछ। धार्मिक यात्रामा जान सकिनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मन खिन्न रहनेछ। मनमा निराशा र असन्तुष्टि पनि रहनेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्, मिष्ठान्न भोजनमा रुचि बढ्नेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मन खिन्न रहनेछ। आत्मविश्वासको कमी रहनेछ। व्यापार व्यवसायमा कठिनाइको सामना गर्न सकिनेछ। मिहिनेत बढी हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। जीवन कष्टदायी हुन सक्छ। सुखद समाचार प्राप्त हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मनमा आशा र निराशाको भावना आउन सक्छ। परिवारमा वृद्ध महिलाको स्वास्थ्यको ख्याल राख्नुहोस्। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। आम्दानी बढ्नेछ। आमाबाट धन प्राप्त हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मन प्रसन्न रहनेछ। आत्मविश्वास भरिपूर्ण हुनेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। खर्च बढ्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। जीवनसाथीबाट मनमुटाव हुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
आत्मविश्वासको कमी रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ। मिहिनेत बढी हुनेछ। व्यापारमा कठिनाइ आउन सक्छ। सतर्क रहनुहोस्। लाभको अवसर बढ्नेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आत्मविश्वासले भरिपूर्ण रहनेछ तर मनमा उतारचढाव आउन सक्छ। परिवारको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा उचित ध्यान दिनुहोस्। अवरोध आउन सक्छ। शैक्षिक कार्यमा अपेक्षित सफलता मिल्नेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मन खिन्न रहनेछ। काममा फेरबदल हुनसक्छ । परिवारबाट टाढै बस्नु पर्न सक्छ। जीवन अव्यवस्थित हुनेछ। कार्य क्षेत्रमा मिहिनेत बढी हुनेछ। राम्रो अवस्थामा रहनुहोस्। अनावश्यक चिन्ताले चिन्तित रहनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
आत्मविश्वास धेरै हुनेछ, तर आलस्य पनि धेरै हुन सक्छ। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानीमा पनि वृद्धि हुनेछ। अन्तर्वार्तामा सफलता मिल्नेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
शान्त रहनुहोस् आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। कार्य क्षेत्रम बुवाको सहयोग मिल्नेछ। व्यापारका लागि वैदेशिक यात्रामा जान सकिनेछ। कुनै पनि क्षेत्रमा लगानीको अवसर उपलब्ध हुनेछ।