काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आङ्कलन गरिन्छ। चैत ०२ गते बिहीबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

बिहीबार दिन भगवान विष्णुको नाममा समर्पित हुन्छ। बिहीबार भगवान विष्णुको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुनेछ। बिहीबार दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

चैत ०२ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बिहीबार ।।। नक्षत्र- पूर्वाषाढा , २५:४७ बजे उप्रान्त उत्तराषाढा ।।। तिथि – नवमी , १३:०९ बजे उप्रान्त दशमी ।।। करण – गर १३:०९ बजेदेखि वणिज , २४:०२ बजे उप्रान्त वालव ।।। योग – व्यतीपात ७:२१ बजेदेखि वरियान् , २८:२१ बजे उप्रान्त शिव ।।। चैत ०२, २०७९, बिहीबार ।।। १६ मार्च, सन् २०२३ ।।। नवमी, चैत्र कृष्णपक्ष ।।।चिल्लागा, ११४३ ने.सं. ।।। सूर्योदय– ०६:१५ ।।। सूर्यास्त – १८ :१२ ।।। शुभ साइत : – कुनै शुभ साइत तथा मुहूर्त छैन-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

अज्ञात भयले सताउन सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन साथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। लाभको अवसर पनि मिल्नेछ । प्रगति भइरहेको छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मन प्रसन्न रहनेछ तर धैर्यताको कमी पनि आउन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् सवारी साधन मर्मत सम्भार तथा लुगा आदिमा खर्च बढ्न सक्छ । दाजुभाइको सहयोग मिल्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मनमा उतारचढाव रहनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन कष्टदायी हुन सक्छ। व्यापारमा परिवर्तनको सम्भावना छ। नाफामा वृद्धि हुनेछ। सन्तानको बारेमा मन चिन्तित रहनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मन प्रसन्न रहनेछ तर परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। केही चिन्ताले सताउन सक्छ। माताको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीमा जान सकिनेछ। सुखद परिणाम प्राप्त हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मन खिन्न रहनेछ। आत्मविश्वासको कमी रहनेछ। शान्त होउ अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। व्यापारमा वृद्धि हुनेछ। साथीभाइको सहयोग पनि मिल्न सक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनमा आशा र निराशाको भावना आउन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। मिष्ठान्न भोजनमा रुचि बढ्नेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। दाजुभाइबाट धन प्राप्ति हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

बोलीमा मिठास रहनेछ। कला संगीतमा रुचि बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायमा वृद्धि होला तर स्वास्थ्यमा पनि सजग रहनु होला। कार्यस्थलमा सफलता मिल्ने सम्भावना छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आत्मविश्वासको कमी रहनेछ। क्रोधबाट टाढा रहनुहोस्। कुराकानीमा शान्त रहनुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। खर्च बढ्नेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ । माताको सहयोग मिल्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आत्मविश्वास बढ्नेछ तर मन पनि अशान्त रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। राम्रो अवस्थामा रहनुहोस्। व्यापार व्यवसायका लागि विदेश जाने सम्भावना छ। जीवन कष्टदायी हुनेछ। नयाँ सम्पत्तीमा लगानी हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा उतारचढाव आउन सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। लेखन तथा बौद्धिक कार्यमा व्यस्तता रहनेछ। मान सम्मान मिल्नेछ। व्यापार व्यावसायबाट लाभ बढ्नेछ। मिष्ठान्न भोजनमा रुचि बढ्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मनमा शान्ति मिल्नेछ। आत्मविश्वास पनि भरिनेछ। अझै धैर्य गर्ने प्रयास गर्नुहोस्। कुराकानीमा पनि सन्तुलित हुनुहोस्। नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ। लामो दुरीको यात्रा हुन्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आत्मविश्वास पूर्ण हुनेछ, तर आत्मसंयम रहनुहोस्। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। बुवाको सहयोग मिल्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ।

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार