काठमाडौं :-  यदि तपाईँको ब्लड प्रेसर अथवा शुगरको स्तर बढिरहन्छ भने यो समस्याको तुरुन्त परीक्षण गराउनु पर्छ । शुगर र प्रेसर सम्बन्धि समस्याको सिधा असर किड्नीमा पर्छ ।

शरीरमा रगत सफा गर्नुको साथै शरीरलाई आवश्यक नपर्ने तत्व बाहिर निकाल्ने काम किड्नीले गर्छ । जब किड्नीले राम्रोसंग काम गर्न सक्दैन, तब शरीरमा यसका लक्षण देखिन थाल्छ ।

किडनी जब ड्यामेज हुन थाल्छ, तब विभिन्न किसिमका लक्षणहरु देखिन थाल्छ । किड्नी ड्यामेज हुँदा देखिन लक्षणहरु निम्न अनुसार छन्ः

पिसाब धेरै लाग्नु

राति पिसाब धेरै लाग्नु किड्नीमा समस्या छ भन्ने संकेत हो । राति बारम्बार पिसाब लाग्ने कुरालाई वेवास्त गर्नु हुँदैन ।

हात खुट्टा सुनिनु

खुट्टा सुनिनु, अनुहारमा भारीपना हुनु अथवा हात खुट्टा दुखिरह्यो भने डाक्टरलाई जँचाउनु पर्छ ।

भोक नलाग्नु

भोक नलाग्नु, वजन कम हुनु र बारम्बार उल्टी आउनु जस्ता समस्या देखिनु पनि किड्नी खराब हुनुको एउटा संकेत हो ।

निद्रा नलाग्नु

राति सुत्न समस्या हुन्छ भने यस्तो हुनुको कारण मोटोपना र क्रोनिक किड्नी रोगबीचको एउटा कनेक्शन हुन्छ ।

छाला सुख्खा हुनु

छाला सुख्खा हुनुका साथै चिलाउनु पनि किड्नीमा समस्या भएको संकेत हो । यस्ता समस्यालाई वेवास्ता गर्नु हँुदैन ।

सुझाव

४० वर्षपछि किड्नी ड्यामेज हुने सम्भावना धेरै हुन्छ । त्यसैले ४० वर्ष कटेपछि नियमित रुपमा किड्नीको परीक्षण गर्नु आवश्यक छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार