अष्ट्रेलिया :-  तपाई युरोप, अमेरीका अष्ट्रेलियामा पुगेर त्यहाँको पीआर लिन चाहानुहुन्छ भने त्यसको लागी तपाइले पढ्ने विषयमा पनि भर पर्दछ पछिल्लो समय पढाईको लागी नेपाली संगै विद्यार्थीको युरोप, अमेरीका अष्ट्रेलिया प्रमुख गन्तव्य बन्ने गरेको छ ।

अब चर्चा गरौ पीआरका लागी मुख्य प्राथमिकता बिषयहरु –

१, नर्सिङ्ग

युरोप, अमेरीका अष्ट्रेलियामा नर्सको माग अत्यधिक छ । अष्ट्रेलिया सरकारले निकालेको तथ्याङ्क अनुसार २०३० सम्ममा यहाँ १ लाख २३ हजार नर्सको आवश्यकता रहनेछ ।

२, अन्य मेडिकल क्षेत्र

अन्य मेडिकल क्षेत्र जस्तै मनोवैज्ञानिक , अन्य रोगसम्बन्धी डाक्टर आदिको लागि यहाँ करियर तथा पीआरको अवसर रहेको छ ।

३, आइटि

युरोप, अमेरीका अष्ट्रेलियामा प्रविधिको तीव्र रुपमा विकास भैरहेको हुँदा आइटि पढ्नेहरुको लागि यहाँ राम्रो अवसर छ । वेब डेभ्लपर, प्रोग्रामिङ्ग, एप्स, सफ्टवेयर डिजाइन, कोडिंग स्किल आदिमा काम र पीआरको लागि अवसर रहेको छ ।

४, इञ्जिनियरिङ्ग

इञ्जिनियरिङ्ग पढ्ने विद्यार्थीहरुलाई अष्ट्रेलियामा करियर तथा पीआरको राम्रो अवसर छ । इञ्जिनियरिङ्गको क्षेत्रमा सिभिल इञ्जिनियरिङ्गलाई भने भविष्यमा माग कम हुन सक्ने पेशामा राखिएको छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार