अष्ट्रेलिया :-  अष्ट्रेलिया बसेको १० बर्ष पुग्दा पनि कयौँको पिआर रिजेक्ट भएको छ । “कोही त नेपाल ने फर्किन बाध्य भएका छन् । २००७ मा अष्ट्रेलियामा विद्यार्थीका रुपमा आएका एक व्यक्तिले सन्” २०१२ मा ४८७ भिसा अप्लाई गरे जसले पी आर दिलाउँथ्यो । तर, यसका लागि उनले तोकिएको ग्रामीण क्षेत्रमा दुई वर्ष बसोबास गरेको र एक वर्ष पूर्णकालीन काम गरेको प्रमाणित गर्नु पर्दथ्यो ।

जब सन् २०१५ मा उनले यी प्रक्रिया पूरा गरेको भन्दै ८८७ भिसा अप्लाई गरे तर उनीको भिसा अस्वीकृत भयो । अध्यागमन विभागले उनले तोकिएको समयमा ग्रामीण क्षेत्रमा बसोबास नगरेको दावी गरिरहेको थियो । पछि उनी नेपाल फर्किन बाध्य भए ।

यी प्रतिनिधि पात्रले अध्यागमन विभागलाई त्यहाँ बस्दाको पानी, विजुली, फोन लगायतको बिल प्रस्तुत गरे, कर तिरेको प्रमाण पनि दिए, यस्तै रोजगार र सञ्चयकोष सुपर पनि देखाएका थिए । तर, अज्ञात स्रोतले उनी मेलबर्नमा बसोबास गरेको सूचना दिएका कारण उनी अयोग्य भए ।

त्यही सूचनाकर्ताबाट विभागले जुन कम्पनीमा काम गरेको यी प्रतिनिभि पात्रले देखाएका थिए निजलाई पैसा तिरेर यस्तो कागजात बनाएको पनि विभागले चाल पायो । यी गलत सूचना दिएको आधारमा उनको स्थायी बसोबास भिसा अस्वीकृत भयो ।

यो उदाहरण मात्र हो, हामीले आज तपाईंहरुलाई के कति कारणले पीआर अस्वीकृत हुन्छ यसको बारेमा जानकारी दिँदैछौं

भिसाका प्रावधानहरुको अवज्ञा

एडिलेडमा कार्यरत रजिष्टर्ड माईग्रेसन एजेन्ट मार्क ग्लेजब्रोक भन्छन्, “भिसाका प्रावधानहरुको अवज्ञा पीआर नआउनुको प्रमुख कारणमध्ये एक हो । जसमा विद्यार्थी रहँदका बखत स्वीकृतभन्दा बढी समय काम गर्ने, कलेज, युनिभर्सिटी नजाने पनि पर्दछन् । यस्तै भिजिटर भिसामा रहँदाका बखत काम गर्नेहरुको पनि पीआर आउने सम्भावना कम हुन्छ । यस्तै ४५७ या ४८२ भिसामा रहँदा दोश्रो काम गर्ने कामदारहरु पनि यस्तो सूचिमा पर्दछन् ।”

गलत सूचना दिनु, ढाँट्नु

अमिल्दो र गलत सूचना दिनु पनि पीआर अस्वीकृत हुनुको अर्को कारण हो । जसलाई पब्लिक ईन्ट्रेष्ट क्राईटेरिया ४०२० को अवज्ञा मान्ने गरिन्छ । जस अनुसार यदि एकपटक तपाईंको भिसा अस्वीकृत हुन्छ भने अर्को तीन देखि १० वर्षका लागि भिसा लाग्ने सम्भावना हुँदैन, ग्लेजब्रोकले भने ।

स्कील एसेस्मेन्ट गर्ने बेलामा गलत जानकारीदिएर गरेको छ भने, नक्कली बैंकको कागजात दिएको छ भने र ग्रामीण क्षेत्रमा बसोबास गरेको भनी ढाँटेको छ भने र विवाहका सम्बन्धमा ढाँटेको छ भने पनि पीआर अस्वीकृत हुने गर्दछ ।

स्वास्थ्य बिमाको प्रावधान पूरा नगर्नु

अष्ट्रेलियामा कुनैपनि व्यक्ति स्वास्थ्यको अधिकारबाट बञ्चित नहोस् भनी स्वास्थ्य बिमाको प्रावधान छ । यस्तो बिमाको प्रावधान पूरा नगर्नेहरुलाई पनि कालान्तरमा पीआर अप्लाई गर्दा अस्वीकृत हुने सम्भावना रहन्छ ।

अध्यागमन विभागले आवेदनको परिवारका सदस्यहरु जो यहाँ आप्रवासीको रुपमा नबस्ने नै भएपनि उनीहरुले यस्तो स्वास्थ्य बिमाको प्रावधान पूरा गर्नेपर्ने उल्लेख गरेको छ ।

चारित्रिक प्रावधान पूरा नगर्नु

मिष्टर सिद्धु विद्यार्थी भिसामा सन् २००८ को अप्रिलमा अष्ट्रेलिया आए । उनको भिसा सन् २०११ को फेब्रुअरीमा सकियो । तर, उनी विना वैधानिक भिसा पार्टनर भिसामा सन् २०११ मा आवेदन दिनु अघिसम्म केही समय रहेका थिए । जब पार्टनर भिसा अप्लाई भयो त्यतिबेला उनले २०११ को डिसेम्बरमा ब्रिजिंग भिसा पाए ।

तर, करिब पाँच वर्ष पछि मे १५ २०१७ मा उनको पार्टनर भिसा आवेदन मन्त्रीस्तरीय कमिटीले खारेज गरिदियो । यसको एउटै कारण उनी चारित्रिक रुपमा यसका लागि योग्य छैनन् भन्ने थियो । जसमा उनको आपराधिक ईतिहास पनि जोडियो । जसमा महिलामाथि यौनजन्य हिंसा, घरसँगै बसेका व्यक्तिहरुसँगको दुव्र्यवहार र आफ्नै पार्टनरसँगको दुव्र्यवहार पनि कारण बन्यो ।

चारित्रिक प्रावधान पूरा गर्न नसक्नु पनि पीआर प्राप्त नगर्नुको अर्को महत्वपूर्ण कारणमध्ये एक रहेको छ । कुनैपनि आवेदन यदि १२ महिना जेल बस्ने अपराधमा दोषी पाइएको छ भने या पारिवारिक हिंसा, बालबालिकामाथिको दुव्र्यवहार, लागुपदार्थजन्य घटना, दुव्र्यवहार लगायतमा आरोपित वा पक्राउ परेको छ भने भिसा लाग्ने सम्भावना कम हुन्छ ।

उचित आर्थिक श्रोत देखाउन नसक्नु

अष्ट्रेलियाले आप्रवासीका रुपमा यहीँ पीआर प्राप्त गर्न चाहनेहरु आर्थिक रुपमा सक्षम भएको प्रमाणित गर्न भन्दछ । ऋणमा डुबेको व्यक्ति, आयश्रोत नभएको र आर्थिक रुपमा कमजोर मानिएकाहरुलाई पनि पीआर अस्वीकृत गरेका घटनाहरु छन् ।

गलत भिसामा आवेदन

यस्तै भिसा आवेदन अस्वीकृत हुने अर्को कारण गलत भिसामा आवेदन पनि पर्दछ । परिवर्तन भइरहने भिसाका प्रकारहरु, त्यसलाई आवश्यक प्रावधानहरुको विषयमा कम जानकारी भई गलत भिसामा आवेदन दिँदा पनि अस्वीकृत हुने सम्भावना बढ्दछ ।

भिसा अस्वीकृत भएमा के गर्न सकिन्छ ?

यदि कसैको भिसा आवेदन अस्वीकृत भएको छ भने एडीमिनिस्ट्रेटिभ अपील्स ट्राइब्यूनल (एएटी) मा तोकिएको समयावधिभित्र आवेदन दिन सकिन्छ । यो निकायसँग अध्यागमन विभागले गरेको निर्णय समेत उल्टाउने, पुनःविचारका लागि सिफारिश गर्ने अधिकार हुन्छ । एसवीएस हिन्दीबाट अनुवादित ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार