अष्ट्रेलिया:-  यस्ता प्रतिभा हुनेले सजिलै पाउँछन् अष्ट्रेलियाको पीआर जानिराखौ ! अष्ट्रेलियाले विभिन्न मुलु’कका प्रतिभाशाली व्य’क्तिहरुलाई समेत PR दिँदै आएको छ । यसका लागि तपाईंको प्र’तिभाको मू’ ल्यांकन गर्दै अष्ट्रे’लियाले डि’स्टिङगस् ट्या’लेन्ट स’बक्लास १२४ अन्तर्गतको भिसा उ’पलब्ध गराँउछ ।

प्रतिभाका आधारमा अस्ट्रेलियाको पीआर पाउनका लागि विभिन्न ४ क्षेत्रहरु कला, खेलकुद, प्राज्ञिक एवं खोज अनुसन्धान र व्यक्तिगत व्यवसायलाई आधार मानिएको छ ।

यसका लागि पीआरको अपेक्षा गर्ने व्यक्त अष्ट्रेलियाबाहिर बसोबास गरिरहेको हुनुपर्छ ।आखिर के छन् त प्रतिभाको आधारमा अष्ट्रेलियाको पीआर पाउने आधार ?

# तपाईंमा असाधारण प्रतिभा भएको हुनुपर्छ । कला, खेलकुद, प्राज्ञिक एवं खोज अनुसन्धान वा व्यक्तिगत व्यवसायलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाबाट सम्मानित भएको हुनुपर्छ ।

# तपाईं सोही व्यवसाय वा क्षेत्रमा सक्रिय रहेको हुनुपर्दछ र अस्ट्रेलियाले तपाईंलाई आफ्नो सम्पत्तिको रुपमा हेरेको हुनुपर्छ ।
# तपाईंलाई यसका लागि कुनै महत्वपूर्ण व्यक्ति वा संस्थाले मनोनयन गरेको हुनुपर्छ ।

# तपाईं अष्ट्रेलियाबाहिर बसोबास गरिरहेको हुनुपर्छ ।
# तपाईंको स्वास्थ्य र नैतिक आचरण समेत राम्रो रहेको हुनुपर्छ ।

# तपाईं अङ्ग्रेजी भाषामा निपुर्ण रहेको हुनुपर्छ ।
यस्तो योग्यता भएको खण्डमा अष्ट्रेलियामा स्थायी बसोबास गर्नका लागि भिसा पाइन्छ ।

डिस्टिङगस् ट्यालेन्ट सबक्लास १२४ अन्तर्गतको भिसा पाउनुका फाइदा

# भिसा पाएको व्यक्ति अष्ट्रेलियामा चीरकाल सम्मका लागि बसोबास गर्न सक्छ ।

# अष्ट्रेलियामा बसोबास गरिरहेका बेला आफ्नो क्षेत्रमा काम गर्न सक्छ ।
# भिसा पाएको मानिसले अष्ट्रेलियाको स्वास्थ्य कार्यक्रम मेडिकेयरमा समेत सहभागी हुन सक्छ ।

# स्थायी बसोबासका लागि आफ्ना आफन्तलाई समेत स्पन्सर गर्न सक्छ ।
# त्यसबाहेक निश्चित मापदण्ड पूरा गरेपछि अष्ट्रेलियाको नागरिकताका लागि समेत आवेदन दिन सक्छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार