अष्ट्रेलिया :-  एक ३२ वर्षीय भारतीय नागरिक “मोहम्मद रहमथुल्लाह सैयद अहमद” लाई अष्ट्रेलियाको प्रहरीले मंगलबार गोली हानेर ह” त्या गरेको छ।

सिड्नीको अबर्न रेलवे स्टेशनमा एक क्लिनरमाथि छु-रा प्र-हार गर्नुका साथै प्रहरी माथि पनि आ’ क्रमणको प्रयास गरेकाले उन लाई गोली हानिएको अष्ट्रेलियन प्रहरीले जनाएको छ।

अस्ट्रेलिया स्थित भारतीय महावाणिज्य दूतावासका अनुसार ब्रिजिङ भिसामा अबर्नमा बस्दै आएका आ’ क्रमणकारी भारत तमिलनाडुका हुन्।अष्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासले घ’ टना अत्यन्तै डर लाग्दो र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ।

विदेश मामिला तथा व्यापार विभाग,न्यू साउथवेल्स कार्यालय र राज्य प्रहरी अधिकारीहरू सँग यस विषयमा कुरा उठाएको दूतावासले जनाएको छ।

प्रहरीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डमा प्रकाशित समाचार अनुसार अहमदले मंगलबार बिहान १२.०३ बजे सिड्नीको पश्चिममा रहेको अबर्न रेलवे स्टेशनमा कार्यरत एक २८ वर्षीय क्लिनरमाथि आ’ क्रमण गरेका थिए।

घ टनाको करिब पाँच मिनेट पछि अबर्न प्रहरी चौकी पुगेका उनले त्यहाँका प्रहरी अधिकारी माथि पनि आक्रमणको प्रयास गरेका थिए।प्रहरी चौकीमै पुगेर प्रहरी

अधिकारीमाथि नै आक्रमण गर्ने प्रयास गरेकाले उनलाई गोली हान्नुको बिकल्प नरहेको न्यू साउथवेल्स प्रहरी सहायक आयुक्त स्टुअर्ट स्मिथले मंगलबार एक पत्रकार सम्मेलनमा जानकारी दिए।

आक्रमणकारीविरूद्ध अफिसरहरूसँग प्रतिक्रिया दिन केही सेकेन्डमात्र समय रहेको भन्दै उनले उक्त व्यक्ति लाई गोली हान्न बाहेक कुनै विकल्प बाँकी नरहेको स्पष्ट पारे।

‘म यी अधिकारीहरू लाई पूर्ण रूपमा समर्थन गर्छु। यो दर्दनाक छ। यो हाम्रो एक पुलिस स्टेशनमा महत्त्वपूर्ण घटना हो,’ उनले भने, ‘उसले प्रहरी अफिसरलाई ताकिसकेको बेला हामी सँग एक दमै थोरै समय थियो। त्यसैले गोली हान्नुको बिकल्प थिएन।’

कसैले चक्कु लिएर एक व्यक्ति लाई छुरा प्र’ हार गर्छ र त्यस पछि प्रहरी माथिनै आ’ क्रमण गर्ने प्रयास गर्छ भने यो अत्यन्तै चिन्ताको विषय उनले बताए।

प्रहरीले तीन वटा गोली हानेका थिए जस मध्ये दुई वटा सैयद अहमदको छातिमा लागेका थिए।स्मिथले अनुसन्धानमा सहयोग गर्न काउन्टर टेररिज्म युनिट लाई ल्याइनेसमेत जानकारी दिए।

घ टनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनीहरूले आ क्रमणमा मानसिक स्वास्थ्यको भूमिका थियो वा थिएन भनेरसमेत अनुसन्धान गरिरहेका छन्।

सैयदलाई घ टनास्थलमै प्यारामेडिकहरूले उपचार गरे पनि वेस्टमीड अस्पतालमा लगिएको थियो। उनलाई बिहान १:३० बजेपछि मृ’ त घोषित गरिएको थियो।

छुरा प्रहार बाट घाइते भएका क्लिनरको स्वास्थ्य स्थिति स्थिर रहेको प्रहरीले जनाएको छ। उनको वेस्टमीड अस्पतालमा उपचार भइरहेको छ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार