काठमाडौँ :-  वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। फागुन १७ गते बुधबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

बुधबार दिन भगवान गणेश नाममा समर्पित हुने गर्दछ। बुधबार भगवान गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। बुधबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

फागुन १७ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बुधबार ।।। नक्षत्र- मृगशिरा , १२:१३ बजे उप्रान्त आर्द्रा ।।। तिथि – नवमी , ६:४९ बजे उप्रान्त दशमी ।।। करण – कौलव ६:४९ बजेदेखि तैतिल , १९:३२ बजे उप्रान्त भद्रा ।।। योग – प्रीति , १९:१४ बजे उप्रान्त आयुष्मान् ।।। फागुन १७, २०७९, बुधबार ।।। ०१ मार्च, सन् २०२३ ।।। नवमी, फाल्गुण शुक्लपक्ष ।।। चिल्लाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय– ०६: ३१ ।।। सूर्यास्त – १८:०३ ।।। शुभ साइत : – रुद्री गर्ने साइत-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

स्वास्थ्यमा सुधार हुनेछ। आम्दानीमा वृद्धि हुने अनुमान छ। शुभ समाचार प्राप्त होला। सन्तानको अवस्था निकै राम्रो छ। व्यापार पनि निकै राम्रो हुनेछ।

 वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

जग्गा किन्ने योजना बन्न सक्छ। आईटी र बैंकिङ जागिरहरूमा भविष्य उज्ज्वल छ। व्यापारिक दृष्टिकोणले दिन राम्रो रहनेछ। बोलीको नम्रताले सम्मान प्रदान गर्नेछ। वृष राशिको लागि दिन व्यस्त रहनेछ।

 मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

लक्ष्मी योग बनिरहेको छ। धन आर्जन बढ्नेछ । समाजमा प्रशंसा मिल्नेछ। हैसियत बढ्नेछ। आकर्षणको केन्द्र बन्नेछ । स्वास्थ्य, प्रेम-व्यवसाय राम्रो छ। रातो वस्तु दान गर्नुहोस्, दिन शुभ हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

व्यापारमा केहि परिवर्तन गर्ने योजना बन्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। न्यायिक मामिलामा अलि सजग रहनु होला र केही काम जिम्मेवारीपूर्वक गर्नु राम्रो हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

काममा सफलता मिल्नेछ। बोलीमा सजग रहनुहोला। घर वा सम्पत्तिमा वृद्धि हुनेछ। हतारमा कुनै पनि काम गर्नबाट जोगिनुपर्छ र साथीभाइबाट शुभ समाचार सुन्न पाइनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

व्यापार व्यवसायमा प्रगति हुनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। घरजग्गा कारोबारमा लाभ हुनेछ। जीवन अव्यवस्थित हुनेछ। आज साझेदारीमा कुनै काम गर्दा राम्रो लाभ मिल्नेछ। ख्याति धेरै टाढा फैलिनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

बैंकिङ क्षेत्रमा काम गर्नेहरूले नयाँ अवसर प्राप्त गर्नेछन्। व्यापार व्यवसायमा शुभ समाचार प्राप्त हुनेछ। आफ्नो बोलीमा नियन्त्रण गर्नुहोस्। कार्यस्थलमा जोखिमपूर्ण काम नगर्नुहोस्, अन्यथा समस्याको सामना गर्नु पर्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सवास्थ्यमा कफ सम्बन्धी विकारको सम्भावना छ। व्यापार व्यावसायमा मनग्य लाभ हुनसक्छ। बैंक तथा प्रशासनिक कार्यमा संलग्न व्यक्तिले सफलता हात पर्नेछ । खानपानमा सावधानी अपनाउनु होला। सन्तानको पक्षबाट केही शुभ समाचार सुन्न पाइनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सफलताको लागि धेरै अनुकूल समय छ। शुभ समाचार प्राप्त हुनेछ। व्यापार व्यवसायमा नयाँ अवसर मिल्नेछ। व्यापार व्यवसाय गर्नेहरुका लागि आजको दिन राम्रो रहनेछ। मिहिनेतले आफ्नो स्थान बनाउन सकिनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

काममा प्रगति हुनेछ। दिन सत्तापक्षको सहयोग प्राप्त हुनेछ। राजनीतिमा संलग्न व्यक्तिहरू सफल हुनेछन्। प्रतिस्पर्धाको क्षेत्रमा अगाडि बढ्नुहुनेछ र रोजगारीको खोजीमा रहेका युवाहरूले राम्रो अवसर पाउनुहुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

काममा लाभ हुन सक्छ। रोकिएको काम सुरु हुनेछ। शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ। कुनै पनि सम्पत्ति सम्बन्धी विवाद समाधान हुन सक्छ, जसमा तपाईको जित हुनेछ। हतारमा कुनै निर्णय लिँदा समस्या आउन सक्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

व्यापार व्यावसायमा मनग्य लाभ हुनसक्छ। व्यवसायमा सुधार आउनेछ। पेटको समस्याले समस्या आउन सक्छ। पारिवारिक जीवन सुखमय रहनेछ। जीवनसाथीसँग मनमुटाव राम्रो हुँदैन। महत्त्वपूर्ण कुरा गोप्य राख्दा फाइदा हुनेछ।

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार