अष्ट्रेलिया :-  अष्ट्रेलियामा  अन्तर्राष्ट्रिय विद्यार्थीले आगामी जुलाई एक तारिख देखि हप्तामा चैबिस घन्टा काम गर्न पाउने भएका छन्। अष्ट्रेलियाको  शिक्षा विभागले यसै हप्ता जारी गरेको सूचना अनुसार,

यसअघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको हो।हाल कोभिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरूले काम गर्ने समयसीमा हटाइएको थियो।

यसअघि भने विद्यार्थीले दुई हप्ताको ४० घण्टा काम गर्न पाउने नियम रहेको थियो।यसै वर्षको आगामी जुलाई १ देखि यो नियम पहिलेकै अवस्थामा

फर्किने सरकारले घोषणा गरिसकेको छ।पुरानै अवस्था फर्कने बेलामा भने अब नयाँ समयसीमा लागू हुने शिक्षा विभागले जनाएको छ। जुन हप्ताको २४ घन्टा हुनेछ।

सरकारको नयाँ नीतिले समयमा सीमा तोकिँदा विद्यार्थीहरूलाई पुन: आर्थिक भार पर्ने देखिन्छ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार