अष्ट्रेलिया :-  सवारी दु’ र्घटना रोक्ने उद्देश्यले भिक्टोरिया राज्यमा मोबाइल फोन र अन्य विद्युतिय उपकरणको प्रयोगमा कडाई गरिएको छ । मार्च ३१ बाट

लागु हुने परिवर्तित सडक नियम अनुसार कार, मोटरसाईकल लगायतका सवारीसाधन चलाउँदा मोबाइल फोन, हातमा लगाएको स्मार्ट फोन (वा अन्य उपकरण ) छुन समेत नपाइने भएको हो ।

माउन्टमा राखिएको, गाडीको इनबेल्ट स्कृन समेत अनावश्यक रुपमा छुन पाइने छैन । मोवाइल आदान प्रदान समेत गर्न नपाइने भएको छ । चालकसँगै यात्रुले चलाएको मोबाइल फोन र भिजुअल डिस्प्ले हेरेमा समेत कारबाहीको भागिदार हुनुपर्ने भएको छ ।

मोबाइल फोन प्रयोगका धेरै नियमहरू परिवर्तन गरिएको कानुन मार्च ३१ बाट लागु हुँदैछ । जोखिम बढाउने कुनैपनि गतिबिधि फोन, भिडियो कल, एसएमएस रिसिभ र पठाउने काम गर्नु अबैद्य मानिने छ ।

अत्यावश्यक अवस्था बाहेकका अडियो फोनमा समेत प्रतिबन्ध लगाइएको छ । ड्राईभ थ्रुमा पैसा तिर्न, नेभिगेटर अत्यधिक चलाउन र गाडीका अन्य फंसनका लागि इनबेल्ट स्कृन चलाउन पाइनेछ । यो नियमन फुल लाइसेन्सको हकमा ल्याइएको हो । लर्नर र पीमा रहेका लाइसेन्सको हकमा थप कडा नियम रहेको छ ।

नयाँ सवारी कानुन उल्लंघन गर्दा यस्तो हुनेछ कारबाही

गाडी चलाउँदा मोबाइल फोन वा अन्य उपकरण को अवैध प्रयोग गरिएमा ठाउँको ठाउँ ५ सय ५५ अष्ट्रेलियन डलर जरिवाना हुनेछ । योसँगै ४ डिमेरिट अंक प्राप्त हुनेछ ।

यदि सडक नियम उल्लंघनको यो मुद्दा अदालतमा पुगेर सुनुवाइ भयो भने अवैध मोबाइल फोन /उपकरण प्रयोग गर्नेले १ हजार ८४८ डलर जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

लर्नर र प्रोबेशनरी ड्राइभरहरूको हकमा आफ्नो इजाजतपत्र/लाइसेन्स नै गुमाउने छन् । एक वर्षमा चार भन्दा बढी डिमेरिट अंकहरू जम्मा गरेमा ३ वर्षमा लाइसेन्स खारेज हुनेछ । – नेपालट्युब बाट

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार