अष्ट्रेलिया :-  अष्ट्रेलियामा छोरो भेट्न आएकी एक नेपाली आमाको विमान स्थलमै दुखः द नि” धन भएको छ । आमाको नि”धनले बिछिप्त छोराले शव नेपाल पठाउन सहयोग संकलन अभियान थालेर सबै लाई सकेको साथ सहयोग गर्न आह्वान गर्नुभएको छ ।

यस्तो छ घटना विवरण

नेपाल ट्युब अष्ट्रेलियाको सम्पर्कमा आउनुभएका राजु तामाङले आफ्नी आमा ठुलिकान्छी तामाङ सिड्नी विमानस्थलमा आइपुग्दा बेहोस हुनुभएको र एक घण्टा पछि उहाँको दुखद निधन भएको जानकारि गराउनुभएको छ ।

न्यु साउथ वेल्सस्थित वागावागामा बस्दैआउनुभएका छोरा राजुलाई भेट्न काठमाडौंको सुकेधाराबाट आउनुभएकी ५५ वर्षिया आमाको निधनले सिंगो तामाङ परिवार विछिप्त बनेको छ ।

मृतक ठुलिकान्छीका छोरा राजु सँगको समन्वयमा यतिबेला एनआरएनए अष्ट्रेलियाले आमाको शव स्वदेश (नेपाल) लैजान आर्थिक संकलनका लागि गोफण्ड मी अभियान सुरु गरेको छ ।

यो अभियान १५ हजार डलर संकलन गरिएपछि रोकिनेछ । शव घर फर्काउन मद्दत खोजिरहेको यो परिवारलाई सकेको सहयोग गरेर शोकलाई शक्तिमा बदल्न यो लिंकमा जानुहोला ।

सहयोग गर्न यो लिंकमा जानुहोस !  !

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार