दिन : शुक्रवार ।।। नक्षत्र : रेवती , ८:२३ बजे उप्रान्त अश्विनी ।।। तिथि : पञ्चमी , २९:२५ बजे उप्रान्त षष्ठी ।।। करण : वव १७:४९ बजेदेखि वालव , २९:२५ बजे उप्रान्त गर ।।। योग : शुक्ल , २३:२५ बजे उप्रान्त ब्रह्म ।।।

फागुन १२, २०७९, शुक्रवार।।। 24 February, 2023।।। पञ्चमी, फाल्गुण शुक्लपक्ष ।।। चिल्लाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय(sunrise) : – ६:३६।।। सूर्यास्त(sunset) : – १८:००।।। शुभ साइत : – रुद्री गर्ने साइत, होम गर्ने साइत, पसल खोल्ने साइत, पास्नी गर्ने साइत ।।।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंले आफ्नो छोराछोरीको मागलाई स्वीकार गर्न सक्नुहुन्छ। तपाईले निकै नै मिहिनेत गर्नुपर्नेछ। तपाईंले लामो समयदेखि स्थगित गरेका कामहरू पूरा गर्नुहुनेछ। चिकित्सा क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्तिहरूका लागि दिन राम्रो छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको प्रेम जीवनमा ग्रहणशीलता र संवेदनशीलताको प्रबल सम्भावना छ। तपाईंको नकारात्मकताले मध्यम परिणाम ल्याउन सक्छ। तपाई अरूको समस्यामा निकै सहयोग गर्नुहुनेछ। तर आफ्नो घरको लागि भने केहि गर्न सक्नु हुनेछैन।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाई भावनात्मक र भौतिक सुरक्षालाई समान महत्व राख्नुहुनेछ। तपाईं प्रेममा पर्न चाहनुहुनेछ। तपाईले सोचेका सबै कामहरु कुनै समस्या बिना नै सम्पन्न हुनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कुनै पनि यात्रा कठिन हुँदा कुनै पनि प्रवाहमा नबहि जाँदा ठिक होला। पानीबाट टाढा रहनुहोला। तपाईको लागि दिन खासै शुभ छैन। त्यसकारण कुनै पनि निर्णय लिन निकै नै कठिन हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईले आफ्नो काममा धेरै नै ध्यान दिनुपर्नेछ। आफ्नो अधिकतम प्रयासमा सकेसम्म राम्रो काम गर्ने प्रयास गर्नुहोला। यद्यपि मिहिनेत अनुसार फल प्राप्त नहुँदा निराश रहनुहुन्छ। अत्याधिक खर्च वा आर्थिक हानिबाट सजग रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईले लेखाई तथा कला क्षेत्रमा आफ्नो प्रतिभा देखाउनुहुनेछ। किनकी तपाईको आफ्नो बाल्यकालदेखिको जोश हुन्छ।साथै तपाईको स्वास्थ्य स्वस्थ रहला। आर्थिक दृष्टिकोणले दिन निकै शुभ रहला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाई परिवारको लागि निकै चिन्तित रहनुहुन्छ। तपाई आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्ने तयारीमा रहनुहुन्छ।तपाई हरेकराम्रा कार्यहरु घरबाट नै सुरु हुनेछ। तपाईको भाग्योदय हुने योग छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको काम र घरको सबै कुरा सन्तुलित हुनेछन्। तपाईले आफ्नो समय विचारमा खर्च गर्नुहुनेछ। मानसिक अभ्यासमा साथी र परिवारसँग रमाइला समय बिताउनुहुनेछ। साथै तपाईको दिन मनोरंजनमा बित्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आज तपाईका बाटो बन्द हुने योग छ। तपाईको यात्रा जब कठिन हुन्छ, तब कठिनाई नै निरन्तरता दिनुहोला। त्यसैले कसैको दवाबमा नपर्नुहोला । अवसरलाई हातबाट बाहिर निक्लिन नदिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको दिन समस्या र परिस्थितिले उथलपुथल हुनेछ तर पनि तपाईले यसको हल सहजै पत्ता लगाउनुहुन्छ। तपाई आफुलाई एक उच्च व्यक्तिको रुपमा देखिन मन पराउनु हुन्छ। तपाईका कर्मचारीको प्रदर्शनले तपाई सन्तुष्ट रहनु हुनेछैन।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन विशेष गरी ज्योतिषी, चिकित्सक, आध्यात्मिक मार्गदर्शक र गुरुहरूको लागि शुभ दिन छ। तपाईलाई चुनौती दिनु अघि कसैले दुई पटक सोच्नेछ। तपाईंको शब्दकोशमा लोभ भन्ने शब्द छैन र तपाई मानवताको लागि काम गर्न अझ बढी प्रेरित हुनुहुन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको मिहिनेत र परिश्रमले सोचेका सबै कार्य पुरा हुनेछ। चुनौतीलाई देखेर कहिल्यै पनि हार नखानुहोला। तपाईको लागि दिन कठिन भएपनि तपाई मुस्कुराउन भने छोड्नु हुनेछैन। तपाईंले अहिले गर्नुभएका ठोस प्रयासले दूरगामी लाभकारी परिणाम प्राप्त हुनेछ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार