अष्ट्रेलिया :-  अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थी हरूले दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् । उनीहरुको अध्ययन पछिको भिसा अवधि पनि बढ्ने भएको छ ।

यसअघि दुई हप्तामा २० घण्टा मात्र काम गर्न पाउने व्यवस्था थियो ।अष्ट्रेलियाको शिक्षा मन्त्रालयको नयाँ नीति अनुसार दुई हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्याइएको शिक्षा मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।

यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ ।यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नताकोत्तर सकेपछि पूर्ण रूपमा काम गर्न पाउने गरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।

हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि अब बढाउन लागिएको हो ।संशोधित नयाँ कानून अनुसार अब स्नातक सक्ने विद्यार्थीले चार वर्षको पीएसडब्लु भिसा पाउने छन् ।

यस्तै स्नातकोत्तरका विद्यार्थीले ५ वर्ष र विद्यावारिधि तहका विद्यार्थीले ६ वर्ष त्यस्तो भिसा प्राप्त गर्न सक्ने शिक्षा मन्त्री ज्यासन कार्लीले बताएका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार