अष्ट्रेलिया :-  अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले  दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् । उनीहरुको अध्ययन पछिको भिसा अवधि पनि बढ्ने भएको छ ।

शिक्षा मन्त्रालयको नयाँ नीति अनुसार दुई हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्याइएको शिक्षा मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।

यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ ।यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नताकोत्तर सकेपछि पूर्ण रूपमा काम गर्न पाउने गरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।

हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि अब बढाउन लागिएको हो ।संशोधित नयाँ कानुन अनुसार अब स्नातक सक्ने विद्यार्थीले चार वर्षको पीएसडब्लु भिसा पाउने छन् ।

यस्तै स्नातकोत्तरका विद्यार्थीले ५ वर्ष र विद्यावारिधि तहका विद्यार्थीले ६ वर्ष त्यस्तो भिसा प्राप्त गर्न सक्ने शिक्षा मन्त्री ज्यासन कार्लीले बताएका छन् ।

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार