कोरिया :-  ईपिएस मार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका २५ बर्षिय “सरोज थपलिया” को स्वास्थ्यमा समस्या देखिए पछी अस्पतालमा चेक गर्दा ब्रेन ट्युमर देखिएको छ।

नेपाल बारा जिल्लाको कोल्बी घर भएका उनी कोरियाको ख्यङसाङनाम्दो किम्हे सहरको एक कम्पनीमा कार्यरत सरोज कोरिया आएको ७ महिना मात्र भएका उनी ब्रेन ट्युमर पिडित बनेका छन।

ब्रेन ट्युमरको स्क्यान

गत फेब्रुअरी ९ तारीखमा दिनभर काम गरेर कम्पनीबाट खाना खान जाने क्रममा बाटोमा अकस्मात बेहोस भएर ढलेपछी संगै कम्पनीमा कार्यरत उनका साथीहरूले बेहोस भएर ढलेको अवस्थामा फेला पारेपछि नजिकको हस्पिटल लगे। हस्पिटलमा उनको एमआरआइ गर्दा मस्तिष्कको क्यान्सर(ब्रेन ट्युमर) भएको पत्ता लाग्यो।

अस्पतालको रिपोर्ट

हाल सरोज दोङ्आ युनिभर्सिटी अस्पतालमा मा उपचारार्थ छन्। डाक्टरका अनुसार आउदो मार्च ६ तारीखमा उनको मस्तिष्कको सल्यक्रिया गर्नुपर्ने रहेको छ।

तर, उनको उक्त सल्यक्रियाको खर्च झण्डै २ करोड कोरिएन रुपैया(वन) पुग्ने अनुमान गरिएको छ। जसका लागि उनलाई मार्च ५ तारीख भित्र उक्त रकम जम्मा गर्नुपर्ने भनिएको छ।

सरोजको घरायसी परिवारको आर्थिक अवस्थाले उनको उपचार खर्च धान्न नसक्ने अवस्था रहेको छ।हाल उनको स्वास्थ्य अवस्था लाई मध्यनजर गर्दै कोरियाबाट ‘सरोज बचाउ अभियान’ समेत संचालन भएको छ।

हाल उनलाई सहयोग गर्न चाहने ले उनकै बैङ्क खातामा सहयोग पठाउन सकिने बताईएको छ। जसका लागि तल दिइएको बैंक खाता नम्बरमा सहयोग रकम पठाउन सकिनेछ।

नाम : THAPALIYA SAROJखाता न: 259-910440-69907(KEB Hana Bank) सम्पर्क: 010-59382937(Saroj Thapaliya)

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार