अष्ट्रेलिया :-  अष्ट्रेलियामा धेरै विदशी विद्यार्थीहरुको आकर्षण बढ्नुको कारण हो यहाँको इन्टरनेशनल मान्यता प्राप्त डिग्री र कामको अवसर । त्यसो त विद्यार्थी भिसा भन्ने वित्तिकै धेरै शर्तहरु पहिले नै तेर्सिसकेको हुन्छ ।

विदेशमा अध्ययनका लागि जाने जुनसुकै विद्यार्थीले अन्तराष्ट्रिय नियम पालना गर्नैपर्छ । त्यसमाथि अष्ट्रेलियाका पनि आफ्नै केही नियम र कानूनहरु छन् । विद्यार्थी भिसालाई नियमन गर्न बनाइएका ती नियमहरु पालना गर्न अनिवार्य छ । तर कहिले काहीं केही विद्यार्थीले जानेर वा नजानेर ती नियमहरु भंग गरिदिन्छन् ।

फलस्वरुप उनीहरु समस्यामा पर्ने गरेका छन् । कतिपय अवस्थामा त भिसा नै रद्द भएर अष्ट्रेलिया नै छोड्नुपर्ने अवस्थामा पनि आइपर्छ । त्यसैले अष्ट्रेलियामा विद्यार्थी भिसामा आउनेले थाहा पाउनैपर्ने केही नियमहरुबारे यहाँ संक्षेपमा चर्चा गर्दैछौं ।

काम सम्बन्धी नियम वा प्रावधान :

अष्ट्रेलियामा वैधानिक रुपमा विद्यार्थी भिसामा आउने विद्यार्थीहरुले कक्षा चलिरहेको अवस्थामा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । तर सार्वजनिक विदा वा अन्य स्वीकृत विदाका समयमा भने जति पनि काम गर्न सक्छन् ।

अष्ट्रेलियामा सोमवारदेखि आइतवारसम्मलाई वर्किङ वीक मानिन्छ । विद्यार्थी भिसा पाइसकेपछि अष्ट्रेलियामा कक्षा शुरु हुनुभन्दा ९० दिन अर्थात तीन महिना अघि नै आउन पाइन्छ ।

तर कोर्ष शुरु नभएसम्म काम गर्न भने पाइदैन । यदि कुनै विद्यार्थीले अष्ट्रेलिया सरकारको नियम विपरित गएर बढी घण्टा काम गरेको पाइएमा उनीहरुको भिसा जतिखेर पनि रद्द हुनसक्छ ।

विद्यार्थीका पारिवारिक सदस्यका लागि काम सम्बन्धी नियम वा प्रावधान :

अष्ट्रेलियाको इन्टरनेशनल विद्यार्थी भिसा अन्तर्गत विद्यार्थीहरुले आफ्ना कुनै पारिवारिक सदस्य पनि आफूसँगै ल्याउन पाउँछन् । तर उनीहरुले पनि हप्तामा २० घण्टा भन्दा बढी काम गर्न भने पाउँदैनन् ।

अझ विदाका वेलामा पनि उनीहरुले अरिरिक्त काम गर्न पाउँदैनन् । तर ग्राजुएट डिग्री सिध्याइसकेका विद्यार्थीहरुले भने जति पनि काम गर्न सक्छन् । परिवारका सदस्यहरुले पनि विद्यार्थीको कोर्ष शुरु भैसकेपछि मात्र काम गर्न पाउने नियम छ ।

वर्क परमिशन र भिसा आवेदनबारे थप जानकारी :

सन् २००८ सम्म अष्ट्रेलियामा अध्ययनका लागि आउने विद्यार्थीहरुले काम गर्नका लागि छुट्टै वर्क परिमिशन लिनुपथ्र्यो । त्यसैले अष्ट्रेलिया आएर पढाइ शुरु भैसकेपनि काम गर्न अनुमति पर्खेर बस्नुपथ्र्यो ।

तर अहिले त्यस्तो व्यवस्था हटाएर विद्यार्थी भिसा सँगै वर्क परिमिशन पनि दिइन्छ । यस्तो अनुमति विद्यार्थी र उसँगै आउने डिपेन्डेन्ट भिसावाहकले पनि पाउँछन् ।

यसबाट विद्यार्थीहरुको समय र पैसा दुवैको वचत भएको छ ।अष्ट्रेलियाको भिसा आवेदनका लागि अहिले ५३५ डलर अर्थात झण्डै ४५ हजार नेपाली रुपैयाँ शुल्क लाग्छ । तर आवेदन भर्नुभन्दा अघि अष्ट्रेलियाको शैक्षिक संस्थाबाट अनुमति लिन आवश्यक छ ।

किनभने निवेदन दिदा अष्ट्रेलियन शैक्षिक संस्थाहरुबाट प्राप्त कन्फरमेशन अफ इनरोलमेन्ट पनि बुझाउनुपर्दछ । यसले उक्त विद्यार्थी अष्ट्रेलियामा शैक्षिक उदेश्यले नै आएको पुष्टि गर्दछ । यसपछि मात्र विद्यार्थी भिसाका लागि आवेदन दिन पाइन्छ । आवेदन दिएपछि पनि भिसा आउन केही समय कुर्नैपर्छ ।

कोर्ष शुरु भएपछि पनि केही सामान्य तर आधारभूत नियमहरु पालना गर्नुपर्दछ । जस्तो विद्यार्थीहरुले कलेजको न्यूनतम हाजिरी पूरा गर्नैपर्ने हुन्छ ।

जुन विषयका लागि अनुमति पाएको हो,त्यही विषय अध्ययन गर्नुपर्छ । ओभरसिज स्टुडेन्ट हेल्थ कभर अर्थात स्वास्थ्य विमा आफैंले गर्नुपर्छ ।

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार