मेष- ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता शुभकार्यको चर्चा चल्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । टाढा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । धन सञ्चयको अवसर प्राप्त हुनेछ र हराएको आत्मविश्वास जाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । रमाइलो यात्रा पनि हुनेछ ।

वृष- ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो सातामा आहार विहार प्रति साबधानी अपनाउनु पर्छ । प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । बुधवारबाट रमाइलो यात्राको योग रहेको छ । सेयर कारोबारमा रुचि बढ्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग पनि छ ।

मिथुन- ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता समय शुभ छ उपयोग गर्नुहोला । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । गरेको काममा सफलता हात पर्नेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ सचेत रहनु होला ।

कर्कट-  ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो सातामा मान्यजनको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । शुभकार्य र धार्मिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला ।

सिंह- ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो सातमा बोलीको प्रभाव बढ्नेछ नयाँ कमको थालनी हुनेछ । पढाइमा प्रगति नै हुनेछ । कसै सैलाई परदेशी घर फर्कने र घर परिवारमा र रमाइलो वातावरण मिल्नेछ । नयाँ काम सुरु गर्ने समय छ । धर्मकर्ममा मन लाग्नेछ । मध्य सातामा स्वास्थ्य प्रति सजगता अपनाउन एकदमै जरूरी छ ।

कन्या- ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो सातामा गरेको कार्यमा अवरोध आउला । तर्क, विवाद र प्रतिस्पर्धाबाट टाढै रहनु होला । मनमा दबाब र तनाव बढेको महसुस हुनेछ । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । पुँजीबजारको क्षेत्रमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला ।

तुला- ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । शुभकार्यको चर्चा चल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ । पुँजीबजारको क्षेत्रमा रुचि पनि बढ्नेछ ।

वृश्चिक- ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफल रहने योग छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । बन्द व्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ ।

धनु- ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

प्राविधिक काममा विशेष सफलता प्राप्त मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धार्मिक कार्य सफल रहनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । साताको मध्यमा महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

मकर- ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो सातामा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । चोट पटकको भय छ सचेत रहनुहोला । मध्य साताबाट पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ ।

कुम्भ- ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो सातामा नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न होला । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ सचेत रहनु होला ।

मीन- ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता मान प्रतिष्ठामा वृद्धि होला । अहिलेको मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार