काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। फागुन ०६ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ। शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

माघ ०६ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शनिबार ।।। नक्षत्र- उत्तराषाढा , १५:५९ बजे उप्रान्त श्रवण ।।। तिथि – त्रयोदशी , १८:०६ बजे उप्रान्त चतुर्दशी ।।। करण – गर ७:१८ बजेदेखि वणिज , १८:०६ बजे उप्रान्त नाग ।।।

योग – व्यतीपात , १८:१९ बजे उप्रान्त वरियान् ।।। फागुन ०६, २०७९, शनिबार।।। १८ फेब्रुअरी, सन् २०२२ ।।। त्रयोदशी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लागा, ११४३ ने.सं.।।। सूर्योदय – ०६: ४१ ।।। सूर्यास्त – १७:५६ ।।। शुभ साइत : – रुद्री गर्ने साइत, पसल खोल्ने साइत, होम गर्ने साइत-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

धैर्यता बढ्नेछ तर पनि कुराकानीमा सन्तुलित हुनुहोस्। व्यापारमा वृद्धि हुनेछ। आयात-निर्यात व्यापार लाभदायक हुनेछ। व्यापारका लागि वैदेशिक यात्रामा जान सकिनेछ । यात्रा लाभदायक हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मनमा प्रशन्नता रहनेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। सवारी साधनको आनन्द बढ्नेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आमाको साथ र सहयोग मिल्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आत्मविश्वासमा बृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ। थप दौडधुप हुनेछ। खर्चको मात्रा बढ्नेछ। दाजुभाइसँग वैचारिक मतभेद हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वास भरिपूर्ण हुनेछ, तर अति उत्साही हुनबाट जोगिनुहोस्। मनमा सान्ति मिल्नेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । लाभको अवसर मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मन अशान्त रहनेछ तर घरपरिवारको सहयोग मिल्नेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। कपडा उपहार स्वरूप प्राप्त गर्न सकिन्छ। खर्चको मात्रा बढ्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। धन प्राप्त हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मन अशान्त रहनेछ। शैक्षिक तथा बौद्धिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक कार्यबाट पनि धनलाभ हुनेछ। साथीभाइसँग यात्राको कार्यक्रम बन्न सक्छ। खर्च बढ्नेछ। कपडा उपहार स्वरूप प्राप्त गर्न सकिन्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

आत्मविश्वास बढ्नेछ, तर मन पनि अशान्त रहनेछ। पारिवारिक समस्याले सताउन सक्छ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। व्यापार व्यवसायमा थप मिहिनेत हुनेछ। धार्मिक स्थलको यात्रामा जान सकिनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मन प्रसन्न रहनेछ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। तर लाभको अवसर पनि मिल्नेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ। कपडामा खर्च बढ्नेछ। सम्बन्धमा घनिष्टता रहनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आत्मविश्वास पूर्ण हुनेछ, तर अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। परिवारको सहयोग मिल्नेछ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। चिकित्सा खर्च बढ्न सक्छ। थप दौडधुप हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन प्रसन्न रहनेछ तर संयमित रहनु होला। अत्यधिक क्रोधबाट बच्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। लेखन तथा बौद्धिक कार्यबाट धन आर्जन गर्न सकिनेछ। साथीभाइको सहयोग मिल्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मन शान्त रहनेछ तर जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। अभिभावकको सहयोग मिल्नेछ। खर्चको मात्रा बढ्नेछ। पुरानो साथीको आगमन हुन सक्छ। लामो समयदेखि रोकिएको धन प्राप्त हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा व्यस्तता बढ्न सक्छ। मिहिनेत बढी हुनेछ। सवारी साधनको मर्मत सम्भार तथा यात्रा खर्च बढ्न सक्छ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार