अष्ट्रेलिया :- अष्ट्रेलियामा आउँदाे मे ३ देखि ७ तारिख सम्म अष्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा नेपाली खानाकाे प्रवर्धन कार्यक्रम हुने भएको छ ।नेपाली खाना प्रवर्धनका लागि अष्ट्रेलियामा भएको
अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो ।
नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आउनुभएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनलाई नेपाली खानाको स्वाद र परिकारहरू पस्किने कार्यक्रम रहेको छ ।
नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ । खाना प्रवर्धन कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अस्ट्रेलियन डलर तोकिएको छ ।
सेफ साहले नेपाली खानाकाे प्रवर्धनका लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले नेपाली खानाले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशीले चाख्नै पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्धन गर्न लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म नेपाली खानाकाे प्रवर्धनका लागि लागेको छु । नेपाली खानाले पनि विश्वमा न्याय पाउनुपर्छ भनेर लागेको छु । लेखेर, भनेरमात्रै नभइ संसारका
मानिसले खान पनि पाउनुपर्छ भनेर नै विदेशीलाई नेपाली खाना चखाउन अस्ट्रेलियामा प्रवर्धन गर्न लागेको हो ।कार्यक्रममार्फत नेपाली खाना अस्ट्रेलियामा प्रचारप्रसार हुनेमा आशावादी रहेको सेफ साहले बताउनुभयो ।