अस्ट्रेलिया :- तपाई युरोप – अमेरीका “अष्ट्रेलियामा पुगेर त्यहाँको PR लिन चाहानुहुन्छ” भने त्यसको लागी तपाइले पढ्ने विषयमा पनि भर पर्दछ ! पछिल्लो समय पढाईको लागी नेपाली संगै विद्यार्थीको युरोप- अमेरीका अष्ट्रेलिया प्रमुख गन्तव्य बन्ने गरेको छ ।
अब चर्चा गरौ पीआरका लागी मुख्य प्राथमिकता बिषयहरु –
१, नर्सिङ्ग
युरोप, अमेरीका अष्ट्रेलियामा नर्सको माग अत्यधिक छ । अष्ट्रेलिया सरकारले निकालेको तथ्याङ्क अनुसार २०३० सम्ममा यहाँ १ लाख २३ हजार नर्सको आवश्यकता रहनेछ ।
२, अन्य मेडिकल क्षेत्र
अन्य मेडिकल क्षेत्र जस्तै मनोवैज्ञानिक , अन्य रोगसम्बन्धी डाक्टर आदिको लागि यहाँ करियर तथा पीआरको अवसर रहेको छ ।
३, आइटि
युरोप, अमेरीका अष्ट्रेलियामा प्रविधिको तीव्र रुपमा विकास भैरहेको हुँदा आइटि पढ्नेहरुको लागि यहाँ राम्रो अवसर छ । वेब डेभ्लपर, प्रोग्रामिङ्ग, एप्स, सफ्टवेयर डिजाइन, कोडिंग स्किल आदिमा काम र पीआरको लागि अवसर रहेको छ ।
४, इञ्जिनियरिङ्ग
इञ्जिनियरिङ्ग पढ्ने विद्यार्थीहरुलाई अष्ट्रेलियामा करियर तथा पीआरको राम्रो अवसर छ । इञ्जिनियरिङ्गको क्षेत्रमा सिभिल इञ्जिनियरिङ्गलाई भने भविष्यमा माग कम हुन सक्ने पेशामा राखिएको छ ।